नेपाली जनप्रगतिशील मञ्च, कतारको तेस्रो बाषिर्कोत्सव तथा ने.प्र.द.ए.सं. कतारको प्रथम महाधिवेशन सम्पन्न

राष्ट्रिय स्वाधीनता, दीगो शान्ति र प्रवासी हितका लागि हाम्रो अभियान, आत्मनिर्णयको अधिकार सहित दलित मुक्तिका लागि जनमुखी संविधान । ” भन्ने मूल नारा लिएर आयोजित नेपाल प्रवास दलित एकता समाजको तेश्रो बाषिर्कोत्सव तथा प्रवास दलित एकता संगठन, कतारको प्रथम महाधिवेशन गत सेप्टेम्बर ११ का दिन दोहामा सम्पन्न भएको छ । मञ्चका उपाध्यक्ष शुशिल खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी एकीकृत नेकपा-माओवादी) का पोलिटब्यूरो सदस्य तथा संविधान सभाका सभासद नारायण प्रसाद पौडेल हुनुहुन्थ्यो भने विशेष अतिथीमा नेपाली राजदुतावास दोहा कतारका महामहिम राजदुत डा. र्सुयनाथ मिश्र हुनुहुन्थ्यो । त्यस्तै गरी अतिथीहरुमा नेपाली जनप्रगतिशील मञ्च, कतारका सल्लाहकार संयोजक उमेश बराल, गैरआवासीय नेपाली संघ , अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष्यमा सागर नेपाल, लोकतान्त्रिक मञ्चका सचिव रामजी गिरी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मान वहादुर साँवा लिम्बु, सेफ्टी अवारनेसका राधाकृष्ण देव, समाजसेवी तथा व्यवशायी टिवी कार्की, नवोदित साहित्यिक मोवाइल पुस्तकालयका इश्वर दाहाल लगायत अन्यको पनि उपस्थिती रहेको थियो ।

नेपाली जनप्रगतीशील मञ्चका सचिवालय सदस्य श्री कृष्ण भट्टर्राईबाट स्वागत मन्तव्य दिईएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा सभासद नारायण प्रसाद पौडेलले आफ्नो मन्तव्यको क्रममा भने, देशमा राजनीतिक परिवर्तन ल्याउन राज्यका नागरिकहरुले ठूलो वलिदान दिएको स्मरण गर्दै यो यथार्थलाई कसैले पनि भुल्न नहुने बताए । शान्तिपूर्ण रुपमा संविधान बन्न नसकेको कुरामा अरु दलहरुले गरेको खिचलोप्रति चिन्ता व्यक्त गर्दै राज्यमा स्थिर राजनीति र संविधान सभा बहाल हुन नदिने प्रयासमा एमाले र काँग्रेसले गलत चाल खेलिरहेको आरोप लगाए । देश र जनताको हितको लागि जति राम्रो कदम चलाए पनि भारतीय विस्तारवादको सहयोगमा अन्य दलले हस्तक्षेप गरिरहेकोमा चिन्ता व्यक्त गरे । आफ्नो पाटी भित्रको नेतृत्वमा विचलन आएपछि कम्युनिष्टहरुलाई विघटन गर्ने र नामेट गर्ने काम भएको इतिहासले प्रष्ट पारेको हुँदा यसमा सचेत रहनु पर्ने कुरामा जोड दिएका थिए । राजनीतिक संगठनको पंक्तिमा नेपाल जनप्रगतीशील मञ्च दोहा कतारले अग्रणी भूमिका खेलेको सुनेको र हाल आएर प्रत्यक्ष रुपमा शोषित पिडित श्रमिक मजदुरहरुलाई उद्धार गरेको खबरले आफु धेरै खुशी भएको बताए । संगठनलाई विभिन्न ढंगबाट वर्गीकरण गरी क्षेत्रगत रुपमा पुर्याएको योगदानलाई आफ्नो माउ पाटी ले सधैँ सकारात्मक रुपमा लिने छ भनी बताए । स्पष्ट दृष्टिकोणको कारण नेपाली नियोगले धेरै राम्रो काम गरेकोमा सह्राहना गर्दै श्रमिक मजदुरको हक हितको लागि खाडी राष्ट्र तथा मलेशियामा यस्तै जुझारु नियोग प्रतिनिधी भएमा श्रमिकहरुले धेरै राहत पाउने थियो, उनले बताए । उनले अन्त्यमा स्वार्थ भन्दा माथि उठेर श्रमिकको हक हित र अधिकारको पक्षमा लड्ने श्रमिक समस्याका चिन्तक महामहिम राजदुत डा. र्सुयनाथ मिश्रमा पनि हार्दिक आभार प्रकट गरेका थिए ।

कार्यक्रमका विशेष अतिथी महामहिम राजदुत डा. र्सुयनाथ मिश्रले भन्नुभयो, कतार संगको मैत्री सम्बन्ध सन् १९७१ बाट भएको स्मरण गर्दै त्यसैको फलस्वरुप अहिले कतार नेपालको श्रम सम्झौता मार्फ नेपालका नागरिकहरुले संख्यात्मक आधारमा लाखौँको संख्यामा यहाँ आएर रोजगार पाएको कुरा बताउनुभयो । देशमा जनशक्ति हुँदा हुँदै पनि देशको राजनीतिक अस्थिरता तथा आर्थिक दुरुहताको कारणले विकासका सम्भावना धेरै हुँदाहुँदै पनि पछि पर्नुपरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । नेपाल अधिराज्य भरि ८५००० मेगावाट विद्यत क्षमता हुँदहुँदै पनि हाल सम्म जम्मा ५००० मेगावाट विद्युत मात्र उत्पादन भएको र राज्यभित्र खपत भैरहेको त्यो बिद्युत शक्ति नागरिक तथा उद्योग धन्दाको लागि पर्याप्त नभएको बताउँदै यस्ता विकास निर्माणमा सरकारले अवसर दिएमा विदेशमा आर्जन गरेको शीप र श्रोतले नेपाल उज्यालो हुने थियो वहाँले बताउनुभयो । कुल रेमिट्यान्सको ३५ प्रतिशत मध्ये २१ प्रतिशत कतारले धानेको अवस्थामा कतारको हक हित र श्रमिक अधिकारका लागि नियोगले बटुलेको अनुभव र सुझाव सरकार पक्षबाट आधा अंश मात्र लागू गर्न सकेमा नेपाली श्रमबजारको भविष्य कतारमा धेरै राम्रो रहने र दोव्वर रेमिट्यान्स भित्र्याउन सकिने कुरामा ठोकुवा गर्नुभयो । एजेन्ट तथा दलालहरुको कारण तथा अन्य कारण गतबर्षमात्र सिआडी मार्फ ३२ हजार नेपाली नेपाल फर्किएको आँकडा बताउँदै १७८८२ को संख्यामा मानसिक रुपले विक्षिप्त कामदारहरु रहेको कतार स्थित हमद मेडिकल कर्पोरेशनबाट प्राप्त तथ्यांक पनि पेश गर्नुभएको थियो ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपालले आफ्नो मन्तव्यको क्रममा भने , नेपालको सरकारले लेवर खपत गरी त्यहि आर्जित रेमिट्यान्सबाट जिवीका गर्ने सरकार भएको देश भनेर आफुलाई सावित गरी विश्व बजारमाझ चिनाउन चाहेको बताए । देशको लागि हामी केहि गर्र्छौं भनेर हिँड्ने लगानी गर्न सक्षम र इच्छुक गैर आवासीय नेपालीहरुलाई अवसर दिनुपर्ने ठाउँमा विभिन्न कुराहरुको मुद्धा बनाई आक्षेप पटाक्षेप गरी धकेल्ने धृष्टता गर्नु पक्कै पनि राम्रो अभियान होइन भनेर बताए । कसैको एकल निर्णय र अभियानले देश त परै जावोस समाज हाँक्न पनि असम्भव भएको हुँदा यस्तो अभिमान कसैले नपाले हुन्छ भन्दै समाजलाई केहि दिन्छु भनेर हिँड्ने क्रममा, व्यवशाय गर्ने क्रममा तथा राज्यको र्सवाङ्गीण विकास र उत्थानको लागि कोहि कसैबाट भएका कमी कमजोरीलाई औँल्याएर सुधार्ने र सुध्रिने अवसर पाउनु पर्छ । त्यसो गरेमा मात्र उद्येश्यले र्सार्थकता पाउनेछ उनले भने । हामी देशका लागि केहि गर्न चाहन्छौँ भनेर पटक पटक जिकीर र प्रतिबद्धता सरकार समक्ष गर्दै अवसर प्रदानको लागि अनुनय गर्दा पनि सरकार पक्षबाट बेवास्ता गरीदै आएकोले अव सरकारले यसै गरेर नेपालीहरुले कति बर्षम्म विश्व भूगोलमा देश छोडेर बस्नुपर्ने हो त्यो पनि स्पष्ट नीति पेश गर्नु जरुरी रहेको छ उनले भने । जुनसुकै वैचारिक संगठनमा लागेर आफुलाई डोर्याएर हिँडेपनि आखिर सवै नागरिकको चाहना भनेको देशमा शान्ति, सुव्यवस्थता वहाल हुनुपर्छ भन्ने भएको हुँदा सवैले आआफ्नो क्षेत्रबाट एउटै आवाज लिएर अघि बढेमा असम्भव भन्ने कुरा केहि नरहेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मान बहादुर साँवा लिम्बुले नेपाली श्रमिकहरुको मामला र विद्यमान बाधा, अड्चन तथा कठिनाईमा प्रत्यक्ष सरोकार राख्ने काममा नेपाली जनप्रगतीशील मञ्च अग्रपंक्तिमा रहेको बताए । मूलुकका लागि चिन्ता व्यक्त गर्नेहरु मूलुकबाहिर रहनेहरु मात्र रहेको बताउँदै वर्तमान देशको राजनीतिक अराजकताले ग्रस्त देशको अवस्था स्पष्ट देखाएको छ भन्दै प्रथम चरणको अवस्थामा संविधान सभा निर्माण हुन नसकेपनि थप अवधिमा संविधान निर्माण कार्य देशका सवै दलले मिलेर गर्नु पर्ने कुरामा जोड दिँदै अन्यथा नागरिकले कुनै पनि दलहरुलाई कहिलै विश्वाश नगर्ने कुरा बताए । अब बन्ने संविधानमा आदिवासी जनजातिको हक, अधिकारको सुनिश्चितताको बारेमा पनि स्पष्ट कुराहरु समावेश हुनुपर्ने कुरामा उनले जोड दिएका थिए ।

नेपाली जनप्रगतीशील मञ्च  कतारका सल्लाहकार संयोजक उमेश बरालले सांसदलाई किनबेच गर्ने काम एमालेबाट सुरुभएको हुँदा आफ्नो फाइदाको लागि जुनसुकै निषिद्ध तथा जनताहरुको अहितकारी कदम चाल्न पनि एमाले पछि नपरेको बताए । ८१ प्रतिशत कृषि पेसामा संलग्न भएको देशमा भारत संग जल सम्झौता गरी देशलाई ठूलो नोक्सानी पुर्याएको अवस्थामा अन्य दलहरु र त्यसका कार्यकर्ताहरुले कानमा तेल हालेर बसेको कुरा बताए । यसले क्षणिक राजनीतिक लाभ लिने क्रममा देशलाई ठूलो आर्थिक तथा प्राकृतिक नोक्सानी पुगेको कुरा बताए । यदि नेकपा माओवादीले एकमना सरकार बनाउन पाएमा देशको र्सवाङ्गीण विकासको लागि नेताहरुले कस्तो भूमिका खेल्नुपर्छ भनेर उदाहरण देखाईदिने थियो उनको भनाई थियो । अंग्रेज संगको युद्धमा वीरवलभद्रको योगदानलाई मात्र मुलुकव्याप्त बनाएको र त्यत्तिकै ऐतिहासिक योगदान पुर्याउने चाङ्ले सार्कीलाई राज्यले दलितको नाममा विर्सिदिएको बताउँदै दलित माथि राज्यपक्षबाट किताबी रुपमा समान भनेर उद्घोष गरेपनि छुवाछुत र हेप्ने प्रवृतिबाट दलितहरुले छुट्कारा नपाएको बताउँदै जातिय विभेदको मामलामा आफ्नो संगठन जहिले पनि समानताको व्यवहार गरिनुपर्छ भनेर लागि परेको बताए ।

त्यस्तै गरी अन्य बक्ताहरुमा समाजसेवी तथा व्यवशायी टिवी कार्की, सेफ्टी अवरनेसका राधाकृष्ण देव लगायत अन्यले पनि आफ्नो राय व्यक्त गरेका थिए । नेपाली जनप्रगतीशील मञ्च दोहा कतारका उपाध्यक्ष तथा सभापति शुशिल खड्काले नेपाली जनप्रगतीशील मञ्चले नेपाली श्रमिकहरुको मुद्यामा पुर्याएको योगदान र आफ्नो भावी योजना सवै माझ पस्कने योजना अनुरुप तथा नयाँ समिती निर्माणको लागि आयोजित विधिवत महाधिवेशनमा उपस्थित भएर सफल बनाउने सवैमा धन्यवाद व्यक्त गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन मञ्चका महासचिव हरि नेपालीले गरेका थिए

September 16, 2010 at 4:03 pm Leave a comment

कास्कीको जित

विनोद अधिकारी /माघ १६नेपालगंज

कास्की घरेलु टोली बााकेलाई ९ बिकेटले हराउदै तेस्रो राष्ट्रिय दृष्टिबिहीन महिला क्रिकेट प्रतियोगीताको फाईनलमा प्रबेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बााकेले निर्धारित २० ओभरमा ६ बिकेट गुमाई १ सय २४ रन जोडेको थियो । बााकेको तर्फबाट सिता बुढाले १३ र नन्दा सिंह ठकुरीले ११ रनको महत्वपुर्ण योगदान गरे । १ सय २५ रनको लक्ष्य कास्किले ११.४ ओभरमै पुरा गर्यो । उसका लागी सुनिता घिमिरेले ४४ र तिलमाया बि.कले २० रन जोडे । ४ विकेट लिएकी भगबती ओमेन अफ द म्याच घोषित भईन् । स्थानिय मंगल प्रसाद उच्च माबिमा जारी प्रतियोगीतामा बााके लगायत कास्कि, चितवन र नबलपरासिका दृष्टिबिहीन महिलाहरुले सहभागीता जनाएका छन् । नेत्रहिन क्रिकेट संघ महिला समिती र पार्टि नेत्रहिन संघले प्रतियोगीताको आयोजना गरेका हुन् ।

January 30, 2010 at 3:36 pm Leave a comment

भेदभावपूर्ण नितीको अन्त्य हुनपर्ने

रुकुम/विरवहादुर मल्ल

माघ १६ गते ।

भेदभावपूर्ण प्रचलन, सरकारी निती, निर्णय र व्यवहारको अन्त्य गर्न राज्यले उपयुक्त कानुनी व्यवस्था गर्नुपर्ने विहिवार रुकुममा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । सहभागिहरुले विभेदजन्य सम्पूर्ण कानुनहरु खारेज तथा संसोधन गर्न पनि माग गरेका छन् । महिला कानुन र विकास मञ्चले विहिवार रुकुम सदरमुकाममा आयोजना गरेको भेदभावपुर्ण कानुनहरुको संसोधनका लागि नागरीक समाज संग छलफल कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।  कार्यक्रममा कानुन व्यवासायी, पत्रकार, नागरिक समाज, कार्यालय प्रमुख लगायतले विभिन्न वर्गहरुविच कुनैपनि अधिकारको प्रयोगमा भेदभाव नगरी अधिकारलाई समान उपभोगको सुनिश्चित गर्न माग गरेका थिए ।

January 30, 2010 at 3:33 pm Leave a comment

जिल्लामा गुणस्तरहिन वस्तु विक्रि नगर्न आग्रह

रुकुम/विरवहादुर मल्ल

माघ १६ गते ।

रुकुम जिल्लामा गुणस्तरहिण र असमान रुपमा दैनिक उपभोग्य वस्तु र विक्रिवितरण गर्न रोक लगाइएको छ । असमान रुपमा विक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालयले सवै व्यापारीहरुलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय रुकुममा विहिवार रुकुम उद्योग वाणिज्य संघका पदाधिकारी एवं व्यापारी तथा व्यवसायिहरुको वैठकमा यस्तो निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्ष्यतामा वसेको वैठकले सम्पूर्ण व्यपारी तथा व्यवसायिहरुले आ-आˆनो पसल अगाडी सवैले देख्ने स्थानमा अनिवार्य रुपमा मुल्य सुचि राख्नुपर्ने, म्याद नाघेका र गुणस्तरहिन उपभोग्य वस्तु हटाई गुणस्तरयुक्त वस्तुको निश्चितता गर्नुपर्ने एवं निर्णय अनुसार कार्यन्वयन नगर्नेलाई कानुन वमोजिम कार्वाही गर्ने लगायतका निर्णय गरेको छ । वैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी गणेशवहादुर अधिकारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत सम्पूर्ण व्यापारी तथा व्यवसायिहरुलाई वैठकले निर्णय गरेअनुसार आˆनो पेशा सञ्चालन गर्न जानकारी समेत गराइएको छ । 

January 30, 2010 at 3:23 pm Leave a comment

रुकुममा खाद्यान्न आपूर्तिको माग वढ्यो

माघ १६ गते ।

विगतका वर्षहरुको तुलनामा यस वर्षमा रुकुम जिल्लाका विभिन्न अति विकट गाविसहरुमा खाद्यान्नको आपूर्तिको मागमा वृद्धि भएको छ । जिल्लाका अति विकट गाविसहरुमा सिचाइको अभाव, परम्परागत खेती गर्ने प्रणाली कायम, आधुनिक खेती प्रणालीको पहुंज नपुग्नु, जनसंख्या वृद्धि र समय अनुसार पानी नपर्नु लगायतका कारणले खाद्यान्न आपूर्तिको माग बढेको हो ।

रुकुम जिल्लामा आर्थिक वर्ष २०६४/०६५ मा ३५ सय क्वइन्टल र आर्थिक वर्ष ०६५/०६६ मा ११ हजार क्वइन्टल चामल विक्रि भएको थियो भने यस आर्थिक वर्ष सुरु भएदेखि हालसम्म ६ हजार ६ सय क्वइन्टल चामल र १ हजार लिटर तोरीको तेल विक्रि भइसकेकोे नेपाल खाद्य संस्थान शाखा कार्यलय रुकुमले जनाएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय रुकुमले माग गरे अनुसारको चामल केन्द्रले स्विकृत गरेमा यसै आर्थिक वर्षमा १८ हजार क्वइन्टल चामल विक्रि गर्न सक्ने नेपाल खाद्य संस्थान शाखा कार्यालय रुकुमका प्रमुख प्रेमनारायण भन्डारीले जानकारी दिनुभयो । प्रमुख भण्डारीका अनुसार जिल्लाका विकट गाविसहरु गोतामकोट, स्यालाखदि, हुकाम, रन्मा मैकोट,आठविसकोट लगाएतका गाविसहरुको लागि भनेर आएको विशेष परिस्थितिको ४ हजार ६ सय २५ क्वइन्टल चामल मध्ये ३ हजार ४ सय ८२ क्वइन्टल ५० किलो चामल सम्वन्धित गाविसका जनतालाई वितरण गरी सकिएको छ । यति मात्रले त्यहााका जनतालाई नपुग्ने स्थानीय वासिन्दाहरु वताउंछन् । एक गोतामकोटका डिल्लीवहादुर वुढा भन्नुहुन्छ- घरमा लगाएको वाली ३ महिना पनि पुग्दैन, चामल वितरण गर्दा पनि थोरै दिन्छ यतिले त हामीलाई खान पुग्दैन् । जिल्लाामा नेपाल खाद्य संस्थानका २ ओटा शाखा कार्यालय र एउटा डिपो कार्यालय भएपनि पश्चिम क्षेत्रका जनतालाई सहज तरिकाले उपलव्ध गराउने उदेश्यले स्थापना गरिएको शाखा कार्यालय चौरजहारी भने सन्चालन आएको छैन् । हाल शाखा कार्यालय खलंगा सल्ले र डिपो कार्यालय शोभा रुकुमकोट मात्र सन्चानमा रहेका छन । शाखा कार्यालय चौरजहारी लामो समययता सञ्चालनान नआउंदा त्यस क्षेत्रका जनताहरु महंगो खाद्यान्न खरिद गर्न वाध्य भएका छन् । त्यस क्षेत्रका जनताहरु छिटोभन्दा छिटो शाखा कार्यालय सञ्चालन गर्न माग गरेका छन् । विभिन्न अतिविकट गाविसहरुमा खाद्यान्न माग वढिरहेकाले रुकुम जिल्लामा खाद्य संकट आउन सक्ने सहजै अनुमान गर्न सकिने भएकाले सम्वन्धित निकायले त्यसको सामाधान गर्न ध्यान दिनुपर्ने एक वुद्धिजीवि हरिविष्णु ओलीले वताउनुहुन्छ । अहिले नेपाल खाद्य संस्थान रुकुममा ४ हजार क्वइन्टल चामल र ५ सय लिटर तोरीको तेल मौज्दात रहेको छ ।

January 30, 2010 at 3:21 pm Leave a comment

अबको लडाई परिवर्तन चाहने र नचाहने बीच – सन्तोष बुढा

दाङ १६ माघ

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष बुढामगरले अबको लडाई परिवर्तन चाहने र नचाहने शक्तिबीच हुने बताउनुभएको छ । मगर राष्ट्रिय मुक्तिमोर्चा दाङले शनिबार घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उहााले यस्तो बताउनुभएको हो ।

राजतन्त्रको अन्त्य भएपनि त्यसका भग्नावशेषहरु बााकी रहेको भन्दै अध्यक्ष बुढाले अबको अन्तिम विद्रोहमा प्रतिगामी तत्वहरुले हार्ने र क्रान्तिकारी शक्तिले जित्ने दावी गर्नुभयो । जनताको संघीय गणतन्त्र स्थापना गर्न नदिन देशीविदेशी तत्वहरु षड्यन्त्रमा लागेको चर्चा गर्दै बुढाले परिवर्तनको बाटोमा हिडेका शक्तिहरु एकै ठाउामा गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रीय सदस्य समेत रहनुभएका अध्यक्ष बुढाले आफूहरुले उठाएको राष्ट्रियताको मुद्दासागै जातीय मुद्दाको विषय जनताको अधिकारसागै जोडिएकोले राष्ट्रिय राजनीतिमा ठूलो लडाई भइरहेको बताउनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी दाङका सेक्रेटरी सुवास पुनले अग्रगमनतिर जाने कि यथास्थितिमै रहने भन्ने सवालमा देशव्यापी धु्रवीकरण शुरु भएको भन्दै सकभर सहमति र सहकार्यको बाटोबाट अगाडि बढेमा देशको निम्ति हित हुने बताउनुभयो । (more…)

January 30, 2010 at 3:12 pm Leave a comment

कठपुतली सरकार फासीवादमा पतन

मुलुक निर्णायक आन्दोलनतर्फ उन्मुख

काठमाडौं/ ऐतिहासिक १२ बुादे सम्झौतादेखि निरन्तर लचकता प्रदर्शन गर्दै आएको एकीकृत (माआवादी) ले हदैसम्मको लचकता प्रदर्शन गरे तापनि वर्तमान कठपुतली सरकारको फासीवादी चरित्रको कारण राजनीतिक निकासको ढोका अझै खुल्न सकेको छैन । ३७ वर्षअघि पञ्चायती शासकले भूमिहीन सुकुम्बासीमाथि गोली बर्साएर कत्लेआम गरेको झोडाकाण्डको पुनरावृत्ति गर्दै कैलालीको डुडेझारीमा आधादर्जन निहत्था नागरिकको हत्या गरेर फासीवादमा पतन भएको प्रतिगामी सरकारको गैरजिम्मेवारीपनका कारण मुलुक निर्णायक आन्दोलनतर्फ उन्मुख हुदै गएको छ ।

गणतन्त्र प्राप्तिको गौरवमय पथमा बलिदानको गाथा कोरेका भूमिहीन सुकुम्बासीलाई उचित थातथलोको व्यवस्था गर्नुको साटो तिनलाई निर्मम दमन गरेर गणतान्त्रिक सरकारको नाममा बनेको कठपुतली सरकारले मध्ययुगीन बर्बरताको नमुना पेस गरेपछि सिंगो मुलुक एकैसाथ स्तब्ध र आक्रोशित भएको छ । कैलालीको बलिया गाविसअन्तर्गत डुडेझारीमा गृहमन्त्री भीम रावलको प्रत्यक्ष निर्देशनमा मच्चाइएको उक्त हत्याकाण्डलाई नेपाली जनताले पञ्चायतकालको महारानीझोडा काण्डको नया शृंखलाका रूपमा लिएका छन् । (more…)

December 10, 2009 at 2:02 pm Leave a comment

नेपाली जनप्रगतिशील मञ्च कतारको प्रथम महाधिवेशन सम्पन्न

– nppfqatar

विगत दुईवर्षदेखी सवैभन्दा वढी नेपालीहरुको गन्तव्य रहेको मुलुक कतारमा कार्यरत प्रवासी नेपालीहरुको माझमा निरन्तर वैचारिक तथा सामाजीक कार्यमार्फत लोकप्रीयता हासील गर्दै आएको संस्था नेपाली जनप्रगतिशील मञ्च कतारले आफ्नो पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।

 “प्रवासी मजदुर अधिकारका लागी हाम्रो उद्घोषण, नागरिक सर्वोच्चताका पक्षमा प्रथम महाधिवेशन” भन्ने मुल नाराका साथ यहि नोभेम्वर २८ का दिन कतारको राजधानी दोहा स्थित भारतीय सांस्कृतिक केन्द्र (ICC) हलमा आयोजित सो कार्यक्रममा संविधान सभाका सभासद तथा एनेकपा माओवादीका केन्द्रिय सदस्य जोख वहादुर महराको प्रमुख आतिथ्यता रहेको थियो भने  कतारका लागी नेपाली राजदुत महामहिम डा. सूर्यनाथ मिश्रले विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो । (more…)

December 10, 2009 at 12:13 pm Leave a comment

कट्वालको ईशारामा हतियार ल्याउने तयारी?

काठमाडौं – वर्तमान सरकारले शान्ति सम्झौता विपरित भारतबाट हतियार खरिद गर्न लागिएको भन्दै माओवादीले वर्तमान सरकारसँग आपत्ति जनाएको छ ।
 
रक्षामन्त्री विद्या भण्डारीको जारी भारत भ्रमणकाक्रममा हतियार आपूर्तिकालागि गरिएको आग्रह र भारतलेपनि हतियार आपूर्तिकालागि सकरात्मक रहेका जवाफ दिएपछि माओवादीले आपत्ति जनाएको हो ।
 
रक्षामन्त्री विद्या भण्डारीसँगको वार्तामा भारतीय रक्षामन्त्री एन के एन्टोनीले हतियारलगायत सैन्य सामाग्री आपूर्ति गर्न कुनै कठिनाई नभएको भनेको समाचार सार्वजनिक भएपछि माओवादी आक्रोसित बनेको हो । भारतीय रक्षामन्त्री एन्टोनीको निमन्त्रणा मान्न रक्षामन्त्री भण्डारी हतियार आपूर्ति लगायतका सेनाका माग बोकेर गएकी छन् । भारतीय समकक्षीसँग मंगलबार उनको कुराकानी भएको थियो ।
करिव ४५ मिनेट लामो भेटवार्तामा एन्टोनीले माघ १९ को कू पछि रोकिएको सैन्य सहायता निरन्तर गर्न बचन दिएका थिए ।
 
माओवादी विरुद्ध लड्न भारत सरकारले नेपाली सेनालाई त्यसअघि इन्सास राइफल, गोली गठ्ठालगायतका सैनिक सामाग्री दिँदै आएको थियो । माघ १९ को कदमपछि भने भारतले त्यो सहयोग रोकको थियो । रोकिएको त्यो सहायताकालागि अनुरोध गर्न प्रधानसेनापति रुक्माङ्गद कटवालले रक्षामन्त्री भण्डारीसँग आग्रह गरेका थिए ।
 
तत्कालिन सात दलीय सरकार र माओवादीबीच भएको वार्तामा कुनैपनि पक्षले थप भर्तिका साथै हात हतियारसमेत खरिद गर्न नहुने कुरा स्पष्टसँग उल्लेख गरिएको छ । सोही सम्झौता अनुसार दुबै पक्षले हात हतियार कतैबाट पनि ल्याउन पाउँदैनन् । सेना समायोजन भई नयाँ राष्ट्रिय सेनाको निर्माणका साथै शान्ति प्रकृया टुङ्गोमा पुगेपछिमात्र सिद्धान्तत राज्यले हतियार लगायतका सैन्य सामाग्री खरिद गर्न सक्छ ।
 
देशमा दुई सेना रहेको स्थितिमा कुनै पक्षले हतियार खरिद गर्दा अर्को पक्षका विरुद्ध युद्धको तैयारी गरेको अर्थ लाग्ने भएकाले शान्ति सम्झौतामा यस्तो प्रावधान राखिएको हो । आफू अनुकूलको रक्षामन्त्री भएको मौका पारेर प्रधानसेनापति रुक्माङ्गद कटवालले हतियार सुचारु गर्ने प्रकृया थाल्न रक्षामन्त्रीलाई भनेका थिए । शान्ति सम्झौता विपरित हतियार खरिद गर्न यसरी रक्षामन्त्रीले भारतीय पक्षसँग आग्रह गरेपछि र भारतीय रक्षामन्त्रीले त्यो सहयोग नरोकिने प्रतिकृया दिएपछि माओवादी आक्रोसित बनेको हो ।
 
समाचार सार्वजनिक भएलगत्तै माओवादी अध्यक्ष प्रचण्डले बुधबार विहान प्रधानमन्त्री माधब नेपाललाई फोन गरी हतियार ल्याउने विषयमा सहमति भएको बारेको समाचारप्रति ध्यानाकर्षण गराएका थिए । प्रचण्डले हतियार ल्याउने त्यस्तो सहमति भए त्यो आफ्नो दललाई मान्य नहुने चेतावनी दिएका थिए । ‘शान्ति सम्झौता विपरित हतियार ल्याइयो भने त्यसलाई शान्ति प्रकृया भाँड्ने योजनाको रुपमा बुझिनेछ’ प्रचण्डको भनाई थियो- ‘यदि त्यस्तो सहमति भएको हो भने त्यसलाई तत्काल रोकियोस् ।’
 
प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई हतियार खरिद सम्बन्धी सम्झौता नहुने विश्वास दिलाएका थिए । तर यसप्रति माओवादी विश्वस्त बन्न सकेको छैन । खासगरी रक्षामन्त्री भण्डारीको सेनासँगको निकट सम्बन्धका कारण भित्रभित्रै हतियार ल्याउने खेल भएको माओवादी आशंका छ । कटवालले अघिल्लो हप्ता रक्षा मन्त्रालय पुगेर सेनाकालागि नयाँ हतियार आवस्यक भएको भन्दै रक्षामन्त्रीलाई कन्भिन्स गरेका थिए । भेटका क्रममा भण्डारीले भारत भ्रमणकाक्रममा थप हतियारकालागि आफूले प्रयास गर्ने बताएकी थिइन् ।

July 23, 2009 at 3:00 pm Leave a comment

बुवाको पदचाप पहिल्याउँदैछिन् छोरी मानुषी

काठमाडौं – नेपाली राजनीतिमा विलक्षण प्रतिभाका राजनीतिज्ञ मानिने डा. बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराईले पिताको पदचाप पछ्याउन थालेकी छन् ।

rato_jhilko092883

पन्चायती शासन कालमा पिता डा. भट्टराईले सम्पादन गर्ने एउटा चर्चित जर्नलको सम्पादनको जिम्मा छोरी मानुषीले लिएकी छन् ।

२०४० सालदेखि प्रकासन सुरु भएर ०४८ सम्म प्रकासित ‘नयाँ झिल्को’ जर्नल फेरि निस्कन थालेको छ । सो पत्रिकालाई यसपटक ‘रातो झिल्को’ नाम दिइएको छ । जर्नलको प्रकासक-सम्पादकपुत्री मानुषी छिन् । पुन: प्रकासनमा आएको पत्रिकाको पहिलो अंकमा ‘आजको मार्क्सबाद’ लाई प्रमुख विषय बनाइएको छ ।

माओवादीका बरिष्ठ नेता डा. भट्टराईको प्रमुख लेख रहेको आजको मार्क्सबाद उपर नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरी, सुप्रसिद्ध समाजशास्त्री प्रा.डा. चैतन्य मिश्र, खगेन्द्र प्रसाईं र झलक सुवेदी आदिले टिप्पणी गरेका छन् ।

नयाँ झिल्कोको प्रकासन डा. बाबुराम भट्टराईले २०४० सालमा थालेका थिए । भारतबाट अध्ययन सकेर नेपाल फर्केपछि उनले सुरु नयाँ झिल्को त्यो बेला निकै चर्चित मानिन्थ्यो नेपाली बुद्धिजीवीहरुमाझ । तत्कालिन नयाँ झिल्कोले विभिन्न गहन विषयमा बहस चलाएको थियो ।

डा. भट्टराई तत्कालिन नेकपा एकता केन्द्र मार्फत् जनयुद्धको तैयारीमा लागेपछि २०४८ मा यसको प्रकासन स्थगित भएको थियो । करिव १८ बर्षपछि छोरी मानुषीले त्यसको प्रकासनको जिम्मा लिएर पिताको पदचाप पछ्याएकी छन् । अहिले भने नयाँ झिल्कोको नाम परिवर्तन गरी रातो झिल्को बनाइएको छ ।

२३ बर्षे मानुषी त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको सचिव छन् । गत स्ववियू निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर उनी निर्वाचित भएकी हुन् । उनी राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । बौद्धिकता र क्षमताको हिसावले उनी पिता बाबुराम जस्तै लाग्छिन् ।rato_jhilko0983377

मानुषीद्धारा सम्पादित सो जर्नलको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले संयुक्त रुपमा विमोचन गरेका थिए । उनीहरुले जर्नलले पहिलो अंकमै मार्क्सबादबारे बहस चलाएकोमा प्रसंशा गरे ।

July 23, 2009 at 2:46 pm 1 comment

Older Posts


Top Clicks

  • None

Flickr Photos

हेर्न रहर गर्नेहरु

शुभकामना

एकिकृत नेकपा माओवादीले तयार पारेको नयाँ सविधानको अवधारणा पत्र

नौलो जनउभार साप्ताहिक

वि.सं. २०६६ सालको भित्तेपात्रो