कला साहित्य

 

 

होसियार !

  DSC01589

- प्रविना गोले   

होसियार ! राष्ट्रघाती मण्डलेहरु

विदेशीको इशारामा पाइला चाल्नेहरु

प्राकृतिक साँस्कृतिक मुल्य वेची

कृतिम श्वास फर्ेर्नेहरु

देशलाई विखण्डनको दिशातर्फ

धकेल्ने दुश्प्रयास नगर

त्रि्रा कदमका विरुद्दमा हजारौं मान्छेले

रणमैदानमा जीवनको कुरुवानी गरेका छन्

नयाँ नेपाल निर्माण अभियानमा कयौं वेपत्ता छन्

लाखौं उत्पीडित जनताहरु

विदं्रोहको हुँकार वोकी, दरिला मुठी कस्दै

सडकमा ओर्लेर नारा जुलुस गर्दैछन्

याद गर !

र्सार्वभौम सम्पन्न शक्ती जनता नै हो

जनता नै इतिहासका निर्माता हुन् ।

खवरदार ! दलली टाउकेहरु

चेलीवेटी वेचे जस्तो सजिलो छैन देश वेच्न

सोझालाई लुटे झै हुन्न राष्ट्रिय स्वाभिमान लुट्न

जनलहरलाई घुँडा टेकाउने कुचेष्टा गर्नु वेकार छ

किनकी,

तर्राई सेलाएको छैन, पहाड डगमगाएको छैन

हिमालहरु झुकेका छैनन, नदीहरु रुकेका छैनन्

झुक्दैनन अनि रुक्दैनन पनि

लम्कन्छन् यात्रीहरु जंघार तर्न महासागर भेट्न

वरु अविरल वगिरहन्छ कालो र मैलो पखाल्न

हत्या हिंसा र लुटको र्स्वर्ग नढलुन्जेल

शहीदका सपना र वेपत्ताको स्थिती र्सार्वजनिक नहुञ्जेल

जनताको जनगणतन्त्र र शान्ती सुव्यवस्था नहुञ्जेल

जनताको शक्तीलाई कम सोचेकाछौ भने

होस् गर !

विस्तारवादी दलाली र सामन्ती तानाशाहाहरु हो

वीर वलभद्र र लखन थापाका सन्तानहरु मरेका छैनन्

तुफानी र आँधीवेहेरी फेरी चल्नेछ

साम्रज्यवादीहरुको दिमागमा डढेलो लाग्नेछ ।

 

होसियार ! देशद्रोहीहरु,

वीरहरुको रगतको टाटा नसुक्दै

घाइतेका घाउहरुले उपचार अपाउँदै

रक्तिम इतिहास निस्तेज पार्ने दाउमा छौ भने

आन्दोलनको वेगसंगै उर्लिएको मनव सागर

भुमरीमा पनि तुफानको वेग झै वढ्नेछ

निरंकुशताकाु घुम्टो ओढेर

परिवर्तनको संवाहक आफैलाई ठान्छौ भने

जन्मभूमीको न्यानो माया त्यागी

जनताको भलो चाहन्छौं भन्नेहरु

कति पनि संकोच छैन तिमीहरुलाई -

यसलाई मलजल गर्दै गए

जनी राख !

होसियारी र खवरदारी गर्दैछन्

अन्याय र अत्याचारको विरुद्द

लड्न र मर्न तयार छन् जनताहरु

पवित्र संर्घष्ावाट त्रि्रो अन्त्य निश्चित छ

किनकी वुद्धका सन्तानहरु मरेका छैनन्

च्याउ र जलकुम्भी झार सरी

झन भन्दा झन फैलिएका छन् ।

♥   ♥  ♥   ♥    ♥   ♥   

♥   

 

1 Comment Add your own

  • 1. bikas  |  May 13, 2009 at 6:35 pm

    thansk for u

    Reply

Leave a Comment

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed