गतिविधी
4 Comments Add your own
Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed
1.
गाउँले यात्री | June 2, 2009 at 4:22 am
हरुवाद्वारा ‘गणतन्त्र स्मारक’’ को सरुवा
गाउँले यात्री
‘हरुवा’हरुको तीन सदस्यीय पिण्डे सरकारले एउटा ऐतिहासिक निर्ण्र्ाागरेको छ-पर्ूववर्ती सरकारका निर्ण्र्ाारु उल्ट्याउने निर्ण्र्ाा। सोही निर्ण्र्ााा आधारमा नारायणहिटी दरबारमा निर्माणाधीन ‘गणतन्त्र स्मारक’ रत्नपार्कमा सारिएको छ । र, दोस्रो गणतन्त्र दिवसको अवसरमा हरुवाहरुका नाइके पिण्डे सरकारका नयाँ प्रधानमन्त्री माकुने उर्फ’नेपाल मास्ने कुलङ्गार’ले रत्नपार्कमा खाल्डो खनेर ‘गणतन्त्र स्मारक’लाई गाडिसकेका छन् ।
गणतन्त्रको घोषणा हुनुपर्ूव राजदरबार रहेको नारायणहिटी गणतन्त्रको घोषणासँगै ऐतिहासिक नारायणहिटी संग्रहालयमा परिणत भएको छ । पर्ूववर्ती प्रचण्ड सरकारले नारायणहिटीमा राजतन्त्रको कुनै अवशेष बाँकी नराख्ने र पुनः कुनै पनि हालतमा राजतन्त्र फर्किन नदिने भन्दै गणतन्त्र स्मारकलाई दरबार परिसरमै बनाउने निर्ण्र्ाागरेको थियो ।
प्रचण्ड सरकारले नारायणहिटीबाट पर्ूवराजाका जहान परिवारलाई लखेटेपछि बिचरा नाति महाराजलाई कहिले निर्मल निवास र कहिले नागार्जुन दरबारतिर बस्दा-बस्दा निमोनिया हुने खतरा बढिरहेको छ रे । जंगलको बीचमा केटाकेटीलाई असुरक्षा पनि बढेको महसुस भइरहेको छ होला । त्यसैले समयमै बुद्धि पुगे इतिहासमा आधा सच्चिएको प्रतिगमन पूरै सच्चिन पनि सक्छ । भोलि महाराजहरुले नारायणहिटीतिरै बस्ने विचार गरिबक्स्यो भने ठाउँ खाली पनि त हुनुपर्यो नि । त्यसैले हाम्रा अति दुरदर्शी प्रधानमन्त्री माकुनेज्यूको निर्ण्र्ााे नेपाली जन्तुहरु ज्यादै हषिर्त भएका छन् ।
साँच्ची राजतन्त्रको दरबारमा गणतन्त्र स्मारक ठडिएको बिचरा कलिला नाति महाराजले कसरी हर्ेन सकिबक्सेला – बेलैमा विचार पुर्याएकोले माकुनेज्यू धन्यवादका पात्र हुनुहुन्छ । तर, उहाँले उक्त स्मारक रत्नपार्कमा गाड्ने सोच्नु भो यो अलि व्यवहारिक देखिएन, कहिलेकाँही महाराजहरु घुम्न, डुल्न, सयर गर्न आउँदा त्यतैतिर तर्सर्ााे भने….! माकुने महोदय, समय अझैं बितेको छैन, भर्खर त सपथ खानु भो, अरु कयौं त खानै बाँकी छ । हप्तादिन नबित्दै पदमुक्त प्रधानसेनापतिको पद बचाऊकाण्डदेखि गणतन्त्र स्मारक सरुवासम्मका ऐतिहासिक निर्ण्र्ाागरिसक्नु भो, सय दिनको पूरै हनिमुन बाँकी छ । त्यसैले नारायणहिटीबाट रत्नपार्कतिर सारेको गणतन्त्र स्मारक बाग्मतीको किनारतिरै हुत्याइदिए हुन्छ । त्यसो भएमा गणतन्त्रभरि बाग्मतीतिर, गणतन्त्रविरोधी अरु सबै दरबारतिर, भएन त कमाल -
नया“ चमत्कार
जे कहिल्यै भएको थिएन अर्थात् भइरहेको भन्दा फरक भयो, सायद त्यसैलाई सबैले नयाँ भन्छन् क्यारे । अनि जे कसैले सोचेकै थिएनन् त्यो भइहाल्यो भने चाहिँ चमत्कार । हो, नेपालमा अहिले हर्ेदाहर्ेर्दै नयाँ चमत्कार भएको छ ।
पहिलो चमत्कार, नराम्ररी हारेपछि सरकार बनाउन पाइने रहेछ । त्यसमा झन् दर्ुइ ठाउँबाट हारेपछि प्रधानमन्त्री नै हुन पाइने रहेछ । दोस्रो चमत्कार, एक ठाउँबाट हारेपछि रक्षामन्त्री, गृहमन्त्रीदेखि अरु के-के मन्त्री हुन पाइने रहेछ । अझै के-के हुन पाइने हो त्यो परिणाम आउन बाँकी नै छ । सायद तीन ठाउँबाटै हारेको भए राष्ट्रपति नै हुन पाइन्थ्यो कि – माकुने महोदय अलि सोझा रहेछन् दर्ुइ ठाउँबाट मात्र उठे । यसो माइती देशतिरबाट पनि उठिहाल्नर्ुपर्छ, गायत्रीजीले काम पाइहाल्थिन् नि मेरा स्वामीलाई भोट नदिनुहोला भन्दै हिड्नलाई ।
जेहोस्, सक्यो भने यो सरकारले एक वर्षघि बिदाई गरेको राजतन्त्रको पर्ुनर्जन्म गराउँदै एक वर्षघि जन्मिएको गणतन्त्रको मलामीमात्रै हैन पिण्ड दिन समेत भ्याउने निश्चित छ । त्यसैले यो पिण्डे सरकारले यसप्रकारको अरु कुनै नयाँ चमत्कार गरिहाल्यो भने पनि नेपाली जनताले आर्श्चर्य मान्नुपर्ने छैन । किनकि त्यसप्रकारको चमत्कारमा खुसी मनाउने अलिअलि जन्तुहरु पनि यही नेपालमै छन् ।
यी र यस्ता थुप्रै चमत्कारका बाबजुद के निष्कर्षा पुग्न सकिन्छ भने चुनावमा जित्नैपर्ने केही छैन । आखिर चुनाव हारेपनि डाडु पन्यूँ पाइदो रहेछ क्यारे अनि किन चुनावै जित्नुपर्यो – साँच्चै मन्त्री नै हुने हो भने त हार्दै हिड्नुपर्ने पो भो त । कि कसो – चुनाव जित्ने जिल्लारामहरु -
2.
bibash | June 2, 2009 at 4:25 am
वामपन्थी दृष्टिकोण र एमालेको विचलन देवेन्द्र पौडेल ँसुनिल’
विशाल भावना भएको नेपाली जनताको हृदयमा नयाँ आशाको गोरेटो कोरिएको थियो । संसारमा जे जस्ता प्रचारबाजी भएपनि नेपालमा क्रान्तिकारी वामपन्थीहरुको प्रभाव बढेको र त्यही वामपन्थी शक्तिले नै संयुक्त रुपमा केही पहल लिने अवसर पाएकोमा नै ती जनताको भावनामा खुशीका आशाहरु पलाएका थिए । ऐतिहासिक संविधान सभाको निर्वाचनले पनि क्रान्तिकारी शक्तिलाई पहिलो शक्तिको रुपमा स्थापित गर्यो भने ढुलमुल अस्थिर एवं विचौलिया विचार तथा व्यवहारको प्रतिनिधित्व गरेपनि एमाले तथा अन्य केही वामहरुलाई पनि आ-आफ्नो हैसियत र लगानी अनुसारको न्याय आम नेपाली जनताले गरेका थिए । यही परिणामस्वरुप तथा आम अन्य गैरवामपन्थी एवं इमान्दार गणतन्त्रवादीहरुको चाहनामा माओवादीको नेतृत्वमा संक्रमणकालिन गणतन्त्रको पहिलो सरकार गठन हुन पुग्यो । नेपालको इतिहासमा पनि नयाँ अध्यायको सुरुवात भएकै हो । नेपाली जनताले अर्ढाई सय वर्षछि राज्यप्रणालीमा आमूल परिवर्तनको आशा गरे । सायद अहिले पनि आम नेपाली जनताको आशा पूरै निराशामा बदलिइसकेको छैन । तर पनि इतिहासको त्यो विशिष्ट घडीमा प्राप्त गरेका केही उपलब्धिहरुको जगबाट जे जति गर्न सक्नु पर्दथ्यो, जनताका जे जति प्रारम्भिक अपेक्षाहरु थिए, ती के कति पूरा हुन थालेका थिए, के कति पहल भयो वा के कति हुन सकेनन्, त्यसको मूल्याङकन स्वयं आम नेपाली जनताले नै गर्नेछन् । तर पनि इतिहासको यो विन्दुमा फेरि एकपटक क्रान्तिकारी पंक्तिले नयाँ प्रक्रियाले सोच्नु पर्ने तथा पहलकदमी लिनु पर्ने ऐतिहासिक ठाउँमा हामी आइपुगेका छौं । फेरि एकपटक दक्षिणपन्थी संशोधनवादका विरुद्ध संर्घष्ा नगरीकन हाम्रो देशमा नयाँ इतिहाँसको सुरुवात हुन नसक्ने देखिन्छ ।
नेपालको इतिहासमा फेरि एकपटक एमालेको संशोधनवाद नयाँ रुपमा प्रकट भएको छ । एमालेभित्रका इमान्दार वामपन्थी, देशभक्तहरुले पनि आग्रह, पर्ूवाग्रह नराखीकन गम्भीर चिन्तन मनन गर्न जरुरी छ । एमालेको केही पंक्ति वामपन्थी विचार, चिन्तन, शैली र व्यवहारबाट पूरै च्युत भइसकेको भएपनि अझै त्यहाँभित्र वामपन्थीहरुको ठूलै हिस्सा बाँकी छ । सबैखाले वैदेशिक प्रतिक्रियावादीहरु त्ाथा स्वदेशी प्रतिक्रियावादीहरुले वामपन्थी/वामपन्थीहरुलाई भिडाएर आफ्नो स्वार्थ पर्ूर्ति गर्न चाहिरहेका छन् । हाम्रो देश स्वयं आजको विश्वमा उत्पीडित राष्ट्र भएकोले र यहाँका अधिकांश जनताहरु उत्पीडित समुहमा पर्ने भएकोले निश्चय नै वामपन्थी विचारलाई र्समर्थन गरेका हुन् । वामपन्थीहरु स्वतः संसार बदल्न चाहन्छन्, युग बदल्न चाहन्छन् र दुनियाँमा नयाँ प्रणाली कायम गर्न चाहन्छन् । साम्राज्यवादका आधिपत्यहरु, विस्तारवादका हैकमहरु तथा बहुराष्ट्रिय वित्तीय निकायहरुका शोषणहरुलाई समाप्त नगरीकन संसारको मानवजाति नयाँ युगमा प्रवेश गर्न सक्ने छैन । उत्पीडित राष्ट्र, उत्पीडित जनता तथा वर्गको मुक्तिमा अघि बढ्ने सिद्धान्तमाथि एमाले नेतृत्वले गम्भीर घात गरेको छ । कतिपय साम्राज्यवादी, विस्तारवादी तथा स्वदेशी प्रतिक्रियावादीहरुसँग सत्ता स्वार्थका लागि साँठगाँठ गर्नु, वर्ग समन्वय गर्नु वास्तवमा वामपन्थी चरित्र नै होइन । राष्ट्रपतिले भर्खरै लिएको कदममा नाङ्गोरुपमा सहभागी भएर वा उक्साएर फेरि एकपटक एमालेको नेतृत्वले इतिहासमा संसारभरिको क्रान्तिकारी आन्दोलनलाई धोका दिएको छ ।
यतिबेला हाम्रो देशको राष्ट्रियतामाथि अनावश्यकरुपमा दक्षिणतिरको हस्तक्षेप बढेको छ । कुनैपनि स्वतन्त्र अस्तित्व भएको र्सार्वभौम राष्ट्रलाई हामीले सम्मान गर्दछौं । तर पनि हाम्रो देशको आन्तरिक मामिलामा हुने कतिपय गोप्य वा खुल्ला निर्देशनहरुलाई मान्नर्ैपर्छ भन्ने केही छैन । अर्ढाई सय वर्षो हाम्रो देशको इतिहास कसैले स्वीकार गर्न हिचकिचाए पनि दक्षिणतिरको प्रभावबाट अछुतो रहन सकेन । सायद यतिबेला नेपालमा करिब ६० वर्षेखि राष्ट्रियताको पक्षमा वकालत गर्दै आइरहेको वामपन्थी शक्तिले आम देशभक्त नेपाली जनतालाई राष्ट्रियताको विषयमा स्पष्ट अडान लिनेछ भन्ने आशा थियो । यो विषयमा सायद अरु साना ठूला सबै वामपन्थीहरुले पनि केही जिम्मा त लिनैपर्ने छ, तर पनि मुख्य प्रश्न एमाले नेतृत्वले संक्रमणकालिन सत्तामा पुग्ने पदलोलुप स्वार्थका कारण अनावश्यकरुपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको छ । नेपालमा वामपन्थी शक्तिको ‘व’ पनि सुन्न नचाहने अति दक्षिणपन्थी प्रतिक्रियावादीसँग राजनीतिक समीकरण गर्ने र क्रान्तिकारी आन्दोलनमाथि निरन्तर तीर प्रहार गर्ने एमालेको यो चरित्रले उक्त समूहको नेतृत्व फेरि एकपटक भद्दा, नाङ्गो र लाजमर्दो संशोधनवादमा पतन भएको छ ।
संसारभरिका वामपन्थी शक्तिहरुले र्सवहारा अन्तराष्ट्रवादलाई आत्मसात गर्दछन् । कुनै एक देश वा राष्ट्र विशेषका उत्पीडित समुदायसँग मात्रै होइन कि विश्वभरिका उत्पीडित वर्ग र समुदायसँग अन्तर्रर्ााट्रय भाइचारा सम्बन्ध कायम हुनर्ुपर्दछ । नवउदारवादी वर्ुर्जुवा पूँजीवादले आजको २१औं शताब्दीको प्रारम्भमा पनि निरन्तर समाजवादी विचारमाथि आक्रमण गरिरहेको छ । नेपालमा वृद्धि हँुदै गइरहेको वामपन्थी विचारलाई कसरी रोक्ने भनेर उनीहरुले विविध षड्यन्त्रहरु अपनाइरहेको अवस्थामा स्वयम् उनीहरुसँग मिलेर वामपन्थीमाथि नै आक्रमण गर्न खोज्नुले एमालेको नेतृत्व पंक्तिको चरित्र वामपन्थी विचारबाट धेरै टाढा पुगेको प्रष्ट हुन्छ । विचार अलग भएपछि माओवादीको आलोचना गर्न पाउनु उनीहरुको अधिकार हो । तर पनि आधारभुतरुपमै वामपन्थी विचारमाथि आक्रमण गर्नुले अवश्य पनि प्रतिक्रान्तिकारी पक्षहरु तथा प्रतिगामी तत्वहरुलाई नै मद्दत पुग्ने प्रष्ट छ । सायद यो विषयमा पनि एमाले नेतृत्वले संशोधनवादमा आफूलाई पतन गराएको छ ।
सामाजिक घटनाहरु रुपान्तरण हुने प्रक्रियामा सामन्तवादबाट पूँजीवादतिर जाने क्रममा हाम्रो देश अहिले पनि सामन्ती उत्पादन सम्बन्ध र पूँजीवादी प्रभावबाट मिश्रति अर्ध-सामन्त र अर्ध-औपनिवेशिक चरित्रमा रहेको छ । यो परिस्थितिबाट राज्यलाई जनताको गणतन्त्र हुँदै वैज्ञानिक समाजवादी राज्यप्रणालीतिर जाने बाटोमा नै हिडाउनु पर्ने दायित्व वामपन्थीहरुको काँधमा छ । यो विषयमा एमाले नेतृत्वले आधारभूत रुपमा नै प्रतिक्रियावादीहरुकै कित्तामा आफुलाई उभ्याएकोले आम देशभक्त र तथा गणतन्त्रवादी शक्तिहरुले उसको चरित्र राम्रोसँग फेरि पनि थाहा पाउन जरुरी छ ।
संसारभरिका क्रान्तिकारीहरु, वामपन्थी र इमान्दार गणतन्त्रवादी एवं देशभक्तहरुले वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय, भाषिक तथा साँस्कृतिक उत्पीडनको अन्त्य गर्न चाहन्छन् । जसको लागि स्पष्ट राज्यप्रणालीको वैकल्पिक स्वरुप स्पष्ट हुनर्ुपर्दछ । यतिबेला हाम्रो देश राजतन्त्रको करिब-करिब अन्त्य भइसकेको र नयाँ राज्यप्रणालीको प्रारुप कतातिर सोझ्याउने भन्ने बीचको संक्रमणकालीन परिस्थितिमा उभिएको छ । वामपन्थी तथा क्रान्तिकारीहरुले कहिल्यै पनि उच्च वर्गको मात्रै प्रतिस्पर्धा हुने वर्ुर्जुवा गणतन्त्र चाहँदैन । स्पष्टरुपमा बहुसंख्यक उत्पीडित वर्ग, निम्न मध्यम तथा धनी किसान हुँदै राष्ट्रिय पूँजीपति वर्ग, सबै देशभक्त आदिको पर्ूण्ा प्रतिनिधित्व हुने राज्यप्रणाली नै वामपन्थीहरुको लक्ष्य हो । यस प्रक्रियामा दलाल पूँजीपति तथा नोकरशाही पूँजीपतिवर्गका विरुद्ध बरु संर्घष्ा गर्नु नै क्रान्तिकारी वामपन्थीहरुको लक्ष्य हुन्छ । त्यसैले यतिबेला हाम्रो देश स्पष्ट नयाँ संविधान बनाउने प्रक्रियामा छ । जब-जब संविधान बनाउने कार्य नजिक हँुदै हुन थाल्दै जान्छ, तब-तब एमाले नेतृत्वले दलाल पूँजीपति तथा नोकरशाही पूँजीपति वर्गसँग राजनीतिक एकता गर्न जानुले नेपाली जनताले चाहेको जनताको गणतन्त्रको पक्षमा एमाले छैन भन्ने कुरा स्पष्ट छ । दलाल पूँजीपति तथा नोकरशाही पूँजीपति वर्गसँग वर्गसमन्वय गरेर जनताको सु-शासन राज्यमा कायम हुन सक्दैन । यो विषयमा पनि एमालेले आम नेपाली जनतालाई गम्भीर धोका दिएको छ ।
यतिबेला फेरि एकपटक हाम्रो देशमा नागरिक सर्वोच्चता, संसदीय सर्वोच्चता र सैनिक सर्वोच्चताबारे नयाँ बहस सुरु भएको छ । सच्चा गणतन्त्रवादीहरुले जहिले पनि र जहाँ पनि नागरिक सर्वोच्चताकै पक्षमा आफूलाई उभ्याउँदछन् । अझै वामपन्थी शक्तिहरु त स्वतः नागरिक सर्वोच्चताको पक्षमा हुन्छन् । कतिपय संसदवादीहरु संसदीय सर्वोच्चताको पक्षमा हुन्छन् । फाँसीवादी, तानाशाही तथा नोकरशाही शक्तिकेन्द्रहरु मात्रै कि त राजतन्त्रको सर्वोच्चतालाई अंगाल्दछन् भने कि त सैनिक सर्वोच्चतालाई अंगाल्दछन् । यो अन्तर्रर्ााट्रयरुपमा नै सबैतिर देख्न पाइन्छ तर हाम्रो देशको सर्न्दर्भमा अर्कै हुन थाल्यो र हँुदैछ । आफूलाई वामपन्थी भन्न रुचाउने एमालेले पूरै अन्तर्रर्ााट्रय परम्परालाई तोडेर प्रतिक्रियावादी शक्तिकेन्द्रहरुसँग मिलेर घुमाउरो प्रक्रियाले सैनिक सर्वोच्चताको पक्षमा आफूलाई उभ्याएको छ । यी सबै विषयहरुबाट फेरि एकपटक एमाले नेतृत्व पंक्तिले आफूलाई प्रतिक्रियावादीहरु दलाल पूँजीपति तथा नोकरशाही पूँजीपतिहरुकै ठाउँमा उभ्याएर नेपाली जनता तथा विश्वका सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद विरोधी जनतालाई धोका दिएको छ । त्यहाँ भित्रका इमान्दार साँच्चिकै वामपन्थीहरुले अब आफूलाई जोगाउन ुपर्नेछ
3.
सम्पादकीय | June 2, 2009 at 4:36 am
संकल्पप्रस्तावको दुर्घटनापछि
नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपाल सहमति र सहकार्यको नाराको धुवाँ उडाउँदै राजनीतिको बाइरोडमा जति कुदेको भए पनि हालैका घटनाक्रमले देश सहमति र सहकार्य होइन, द्वन्द्व र मुठभेडतिर पो लाग्ने हो कि भन्ने आशंकालाई नै बल पुर्याउन थालेका छन् । नेकपा माओवादीले सत्ता छाड्नुका प्रमुख कारण बन्न पुगेको राष्ट्रपतिको असंवैधानिक कदमबारे संसद्मा छलफल गर्न सत्तारुढ गठबन्धनले रोक लगाएपछि यो घटना तिक्ततामा परिणत हुने खतरा बढेको छ । यही कारण आगामी महिनादेखि बस्ने संसद्को बजेट अधिवेशन ठाडै प्रभावित हुने खतरा बढेको छ । सभामुखको यो फैसला जुनसुकै धारामा टेकेर गरिएको भए पनि यसमा वर्तमान राजनीतिका जटिलतालाई संसद्मार्फत समाधान गरिनुपर्ने माओवादी मागलाई अस्वीकार गरिनु संसद्को गरिमा र हैसियतलाई त्यसका राजनीतिक पक्षबाट भन्दा कानुनी पक्षबाट बुझ्न खोज्नु हो । यसले माओवादीजस्तो शक्तिलाई परम्परागत संसदीय व्यवस्थाका विरुद्ध जनमत सिर्जना गर्ने अवसर मात्र प्रदान गर्छ भने दलहरूका बीचका द्वन्द्वलाई निकास पनि नदिएर यसै घटनाले थप कटुता बढाउने सम्भावनासमेत बढाइदिएको छ ।
संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा जनमत प्राप्त गरेको अनि विद्रोही पृष्ठभूमि भएको नेकपा माओवादीसँग अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभाध्यक्ष र संविधान मस्यौदा समितिको सभापतिसमेत छैनन् । उसलाई सरकार र संसद्को नेतृत्व गर्ने सबै अवसरबाट वञ्चित गराइएको छ जुन जनमतका दृष्टिले स्वाभाविक छैन । संसद्का निर्णय बहुमतका आधारमा हुने र त्यसर्थमा संसद्को बहुमत हासिल गर्ने जुनसुकै प्रस्ताव पारित हुने परम्परालाई मात्र पछ्याउँदै हिँड्दा जनआन्दोलन र जनयुद्धका रूपमा नेपाली जनताले व्यक्त गरेका विचार तथा निर्वाचनमा जनताले व्यक्त गरेका भावनाको समेत सही प्रतिनिधित्व गर्ने देखिन्न । यो सरासर निषेधकारी मान्यता हो । सबैलाई थाहा छ, नेकपा माओवादी कुनैवेला संसद्को तेस्रो ठूलो दलका रूपमा थियो । उसले त्यसका फैसलालाई नमानेरै अर्को निषेधको बाटो अर्थात् जनयुद्धको बाटो हिँडेको थियो । कालान्तरमा सशस्त्र हिंसाको बाटोका सीमिततालाई बुझेरै ऊ यो प्रक्रियामा सामेल भएको हो । अनि माओवादीलाई निषेध गर्ने यावत् प्रयास असफल भइसकेपछि संसदीय दलहरू ऊसँग हात मिलाउन गएका हुन् । तर, आज जनमतको सामना गर्न र जनादेशको पालना गर्छु भनेर आएको माओवादीलाई द्वन्द्वको बैठान भइनसक्दै जसरी खेदिँदै छ, त्यो निकै अर्थमा द्वन्द्व र भिडन्तका लागि उर्वर वातावरण हो ।
संकल्पप्रस्तावका राजनीतिक आयामलाई कानुनका ठेली देखाएर निस्तेज पार्न सकिए पनि राष्ट्रपति र प्रधानमन्त्रीका बीच कार्याधिकार विवादको विषय छिनोफानो गर्ने आवश्यकता नदेख्नेहरूले के बुझेनन् भने कानुन वा संविधान पनि जनताका दबाबका अगाडि झुक्ने गर्छन् । अर्थात् बाटो नपाएको बिरालोले घाँटी समात्छ । सहकार्य र सहमति भाषणले मात्र बन्दैन ।
4.
छक्कु उदासी | June 2, 2009 at 8:43 am
बलेको आगो मात्रै ताप्ने की, राष्ट्रको हैसियत नाप्ने ?
छक्कु उदासी
टोकियो, जापान
राजनैतिक धारबाट अलग रहेर मनमा लागेका कुरा ब्यक्त गर्दा कसै कसैलाई अपच हुन सक्ला अग्रीम माफी चाहान्छु ।
यो बैशाष जेष्ठको गर्मी मौसको धुप, नेपालको राजनैतिक गाईजात्रे रुप त्यसै माथी जता आगो उतै रांको र तेल थोक्ने काम मेडियाले गरेको छ । कुरो र कुलोको जता ढल्काए पनि ढल्कीन्छ भन्या जस्तै नेपाली मुलको नेपाली कलम भारती नागरिक भनिएको र भारतकै ईशरामा नाचिरहेको माधव कुमार नेपालको पक्षमा अस्वभाबिक सैलिमा ओईरिएको छ । पैसामा बिक्ने, भारेभुरे र सिगाने कलमहरुको कुरै छोडौं आज मैहुं भन्ने केहि कलम पनि पुर्ण आशामा हो वा झिनो आशामा जता जता पुरेत बाजे उतै स्वाह ! गरेको पाईएको छ । जस अर्थमा पैसामा बिक्ने, भारेभुरे र सिगाने कलम भनेर उपहाश गर्नु पर्दा आत्मागलानी भईरहेको छ । म पनि त्यहि भारेभुरे र सिगाने डयाड०को मुला हुं । तर म ज्यान जाला मेरो कलम पैसामा बेच्दिन ।
अहिलेको परिपेक्षमा नेपाली मुलका स्वच्छ मसी र सच्चा कलमहरु नेपालको गुन्द्रुक भन्दा पनि सुपट मुल्यमा भारतको चनाचटपटासंग बिक्नेहुन की भन्ने चिन्ता गर्न सकिन्छ । भारतको चौरासीबेन्जन हसु्र्न पाउने भएत बरु नेपालको गुन्द्रुक बिचराहरुलाई अमन भएछ क्यार ? भन्नु हुन्थ्यो । तर यहां खाटी कुरा बेग्लै रहेको छ । शुद्ध गुन्द्रुकको झोल अमन भएको हैन स्वदेशी बाघ बिदेशी गर्जन गर्न रुचाउने षडयन्त्रकारीले बिष बमन गरेको हो भन्न मन लागेको छ ।
यति खेरको समय र सरकारको पक्षमा चलेका जति पनि कलम न देशभक्तका लागि हुन सक्छ न नेपाल र नेपालीका लागि न एमाले पार्टीका लागिनै हुन सक्छ । मात्रै भारती चलखेलको ईशराका लागि मल र जल भने पक्कै हुन्छ । त्यसैले नेपाल आमाको भावना बिपरित चलेका कलम चहराईरहेने आमाको घाउमा मलमको आशा नगर्दै बेश हुन्छ । नेपाल आमालाई सुल्टो नाडे० झार पारेको भए बरु सबैको चित्तमा घाम लाग्ने थियो । अनि पित्तमा नुन लाग्ने थियो । त्यो पनि हुन सकेन । झन आफनै सन्तानद्धारा उल्टो छाला काढ्ने काम भईरहेको र हुदैछ । जस्को परिणाम हाम्री आमाको लागि अथाह पिडाले गुज्रेको घाउमा नुनचुक भन्दा अर्को कल्पना गर्न सकिन्न । जुन घाउ निको हुने त झन लंकाको सुन साबित भएको छ ।
प्रशंग बस जापानको एक ईन्डियन रेष्टुरामा नान पिट्ने ईन्डियन नागरिक जुंगेवालले बोलेको कुरा आज मेरो मनस्पाटलमा टेपरिकडमा बजाए जस्तो बजिरहेको छ । बिर्सन खोज्छु । अटोमिटीक रिमाईड भएर बजेजस्तो लागीरहेछ । सन १९९८ तिरको कुरा हो । निकै नेपाली भाषा बोल्न रुचाउने ति जुंगेवालाले काठे नेपालीमा “तेरी नेपाल १२, १५ बर्ष पछि ईन्डियाको हुनेवाले है” भनेको थियो । त्यति खेरको कलिलो दिमाखले तड्काल केहि प्रतिकि्रया जनाउन सकिन । मनमनै जाबो नान पिटुवाको ठूलो ठूलो गफ ! भनॆको थिएं । बल्ल आज पो बिस्तारबाद भारतको पहिलै देखी नेपाललाई भारत बनाउने सुनियोचित रणनितीको खेल हो की ? भन्ने संकाले सताउन थालेको छ ।
नेपाल प्रति भारतको गिद्धेनजर अनुरुप हौशिदै र रौशिदै हो-माहस्ते गर्ने नेपाली मुलका नेपाली कलमहरुले नेपाली बन, नेपाली पन, नेपाली मन र नेपाली तन सबै बिर्सने हुनकी जस्तो लाग्न थालेको छ । यस्तै चाला हो भने कुन दिन देखी म नेपाली नै हैन भन्न पनि बांकी नराख्ने हुकी के बेर ?
मेडिया बिना कलम पानी बिनाको माछो जस्तै हो । मेडिया भनेको चार दिशामा रहेर चारै दिशाको सुचना प्रवाह गर्ने साथै सहि, साचो, सत्य र तथ्य कुरा निश्पक्ष रुपमा जनमानस सम्म ल्याउने माध्यम हो । अर्को भाषामा भन्नु पर्दा मेडिया राष्ट्रको मेरुडन्ड र कलम अमुल्य सम्पति हो । तर अचेल नेपाली मेडिया र कलमको बरबरता सेवा, धर्म र कर्तब्यको हद भन्दा बाहिर पोखिएको छ । मेडियाको दुरोपयोग गरी कुनै ब्यक्ति बिषेसलाई लर्छाने, पछार्ने, झटार्ने र सटार्ने खालका नकरात्मक तरंग पस्कन लुप्त हुन थालेको छ । त्यस्तैगरी साचो कुरो पनि झुटो, झुटो पनि साचो बनाएर प्रसार गर्न पनि पछि परेको छैनन् । त्यति मात्रै हैन मेडियाकै माध्यमबाट कसैको मानसिक हिंसा र कसैको चरित्र हत्या गर्ने जस्ता जनघन्य बिकृती पनि नराम्रोसंग संजालीएको छ र कसैसंग छिप्न सकेको छैन ।
अन्तमा यति भनेर सबै मेडिया र कलम लाई एउटै खौलोमा हाल्न खोजेकी हैन । ज-जस्को हरमुनि पानी पस्छ उनै सचेन हौन भन्ने मेरो भनाई हो । कृपया ! राजनैतिक सिद्धान्त र शमर्थन जस्को जता भए पनि आफनै मौलिकतामा स्वाभीमानी नेपाली बनौं अनि आफ़्नै स्वाधिन्तामा बांचौं ।