बिधान

नेपाली जनप्रगतिशील मञ्च कतार

(Nepalese People’s Progressive Forum – Qatar)

२०६४ (2007)

को

विधान

प्रस्तावना

करिब अर्ढाई सय बर्ष देखि नेपालको मध्य यूगिन सामान्ती राज्य ब्यवस्थाको कारण उत्पन्न राजनितिक, आर्थिक, सामाजिक आदी कारणले सदियौं देखि नेपालीहरु विदेशिन वाध्य भएका छन् । यही बिदेशिने क्रममा हामी केही नेपालीहरु कतारमा आईपुगेका छौं । अहिले पनि बिदेशिनुको मूल कारण सामन्तवादी राज्यसंरचना भएकाले र हामी बिदेशमा रहेता पनि हामी चेतनशिल नेपाली नागरीक भएका कारण हाम्रो सरोकार सधै नेपाल र नेपाली प्रति रहिरहने हुनाले हाम्रो देशको मुक्ति आन्दोलन लगायत बिश्वको सबैखाले न्यायपर्ूण्ा मुक्तिआन्दोलन प्रति एैकेबध्दता तथा र्समर्थन गर्ने र हामी प्रवासी नेपालीहरुको स्थानिय समस्यालाई समेत समाधानको लागी प्रयत्न गर्ने एउटा साझा थलोका रुपमा नेपाली जन प्रगतिशिल मञ्च, कतार स्थापना भएको छ । यस मञ्चका कार्यहरुलाई सहज रुपमा संचालनका निम्ति यो विधान निर्माण भएको छ ।

१) नाम र परिचय

१.१) यस संगठनको नाम नेपाली जन पगतिशिल मञ्च,  अंगे्रजिमा Nepalese People’s Progressive Forum – Qatar  हुनेछ ।

२) यसको छाप तथा लोगो केन्द्रिय समितिले तोके बमोजिम हुनेछ ।

२) प्रारम्भ

२.१) यो विधान २ अगस्त, २००७ बिहिबारको दिनबाट लागु भएको मानिने छ ।

३) परिभाषा

३.१) मञ्च भन्नाले नेपाली जन प्रगतिशिल मञ्च, कतार भन्ने संभ्fmनु पर्दछ ।

३.२) समिति भन्नाले नेपाली जन प्रगतिशिल मञ्च, कतारको केन्द्रीय बिधान बमोजिम स्थापित नेपाली जन प्रगतिशिल मञ्च, कतारको केन्द्रिय समिति संझनु पर्दछ ।

३.३) बिधान भन्नाले संगठनको केन्द्रीय बिधान संझनु पर्दछ ।

३.४) संघ संस्था भन्नाले कतार स्थित अन्य नेपाली सामाजिक संघ संस्थाहरु संझनु पर्दछ ।

४) मञ्चका उद्देश्यहरु

४.१) नेपालमा राष्ट्रियता, जनतन्त्र, जनजिविका लगायतका सवालहरुमा विभिन्न वर्ग र समूदायद्वारा संचालित न्यायपर्ूण्ा मुक्ती आन्दोलनहरुमा र्समर्थन तथा एैक्येबध्दता जनाउने र त्यसलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु गर्ने ।

४.२) नेपालको राष्ट्रिय अखण्डता, र्सार्वभौमिकता, लोकतान्त्रिक गणतन्त्र र मानवधिकारको विरुध्दमा हुने सवै प्रकारका क्रियाकलापको विरोध गर्ने र यसको पर््रवर्धन तथा संरक्षण गर्न सहयोग पुर्‍याउने ।

४.३) समावेशी तथा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरी शान्त तथा समुन्नत नया“ नेपालको निर्माण गर्न वैचारिक, आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने ।

४.४) नेपालको बर्तमान सामन्ति राज्य संरचनाको कारणले बिदेशिन बाध्य कतार लगायत विश्वकोे कुनैपनि मूलुकमा रहेका नेपालीहरु बिच साझा समस्या समाधान गर्न तथा आपसि मित्रता बढाउन पहल गर्ने ।

४.५) हाम्रो मौलिक कला, संस्कृति, साहित्य आदीको जगर्ेना गर्ने र यसको माध्यमबाट नेपाल, कतार लगायत बिभिन्न मूलुकका नागरिक बिच सुमधुर सम्बन्ध राख्न प्रयत्न गर्ने ।

४.६) कतारमा कार्यरत कतिपय नेपालीहरुमा रहेका कूलत तथा वेभिचारका विरुद्ध सचेतना जगाई स्वच्छ, लोकतान्त्रिक एवं प्रगतिशिल शोच तथा कार्य शैलीको विकास गराउन प्रयत्न गर्ने ।

४.७) कतारमा कार्यरत प्रवासी नेपालीहरुको आर्थिक, सामाजिक, सांस्कतिक, शैक्षकि तथा शारिरिक विकास गर्न विविध कार्यहरु गर्ने ।

४.८) कतारमा कार्यरत प्रवासी नेपालीहरु विच एक्काइसौं शताब्दि अनुरुपको जनवादी सिध्दान्त, विचार, कार्यक्रम आदीको प्रचार प्रसार तथा पर््रवर्धन गर्न प्रयत्न गर्ने ।

४.९) वैदेशिक रोजगारीका नाममा हुने अनियमितता, ठगी आदीका विरुद्घ जन चेतना जगाई दोषीलाई कार्वाही गर्न सम्वन्धित निकाय मार्˚त पहल गर्ने ।

४.१०) वैदेशिक रोजगारीका क्रममा विविध कारणले असहाय भएका प्रवासी नेपालीहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने ।

४.११) नेपालमा हुने प्राकृतिक प्रकोप लगायत विविध कारणले असहाय भएका नेपालीहरुको उद्यार गर्न सक्दो सहयोग पुर्‍याउने ।

४.१२) १० वर्षर्ेेन यूद्घ तथा जन आन्दोलनमा सहादत प्राप्त गर्ने शहिद परिवार, वेपत्ता परिवार आदीको शैक्षकि, भौतिक तथा मानविय हितका निम्ती सक्दो सहयोग पुराउने ।

४.१३) वैदेशिक रोजगारीका क्रममा कमाएको आर्थिक, वौद्घकि तथा मानविय सम्पतिलाई नेपाल र नेपालीको हितमा प्रयोग गरी नेपालको विकासमा सहयोग पुराउन प्रवासी नेपालीहरुलाई प्रोत्साहित गर्ने ।

५) साधारण सदस्यता

५.१) कतारमा कार्यरत बामपन्थि, प्रगतिशिल तथा देशभक्त विचार राख्ने कुनै पनि नेपाली नागरिकले यस संगठनको साधारण सदस्यता लिन सक्ने छ ।

५.२)यस मञ्चको सदस्यता प्राप्त गर्न यस विधानको प्रस्तावना र उदेश्यलाई अंगिकार गर्नु पर्ने छ ।

५.३) प्रत्यक एक बर्षमा कार्य समितिले तोके बमोजिमको साधारण सदस्यता शुल्क बुर्झाई सदस्यता नविकरण गर्नु पर्ने छ ।

६) साधारण सदस्यताको खारेजी

६.१) यस मञ्चको हित, प्रतिष्ठा तथा बिधान बिपरित आचरण गरेको खण्डमा ।

६.२) यस मञ्चको आर्थिक हिनामिना गरेको प्रमाणित भएमा ।

६.३) तोकिएको समयमा सदस्ता नविकरण नगराएमा ।

६.४) समितिको अध्यक्ष समक्ष राजिनामा दिई स्वीकृत भएमा ।

६.५) नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएको ठहरिएमा ।

६.६) सम्वन्धित ब्यक्तिको मानसिक सन्तुलन बिगे्रमा ।

६.७) सम्वन्धित ब्यक्तिको मृत्यु भएमा ।

७ साधारण सभा

७.१) यस मञ्चका साधारण सदस्यता प्राप्त सबै ब्यक्तिहरु साधारण सभामा सहभागी हुन र आफ्नो मत राख्न पाउने छन् ।

७.२) साधारण भेला प्रत्येक १ बर्षमा बस्ने छ । तर कार्य समितिले विशेष भेला बोलाउने निर्ण्र्ाागरेमा अथवा एक तिहाई साभारण सदस्यहरुले अध्यक्ष समक्ष्ँ साधारण भेला बोलाउन लिखित अनुरोध गरेमा सो मितिबाट १५ दिन भित्र बिशेष भेला बस्ने छ ।

७.३) साधारण भेला हुनेे सुचना प्रत्येक सदस्यलाई बैठक बस्नु भन्दा ७ दिन अगाबै लिखित, मौखिक वा र्सार्वजनिक सञ्चारका माध्यमबाट पठाउनु पर्ने छ । तर बिशेष बैठक बस्ने सुचना लिखित वा मौखिक रुपमा बैठक बस्नु भन्दा ३ दिन अगाबै दिनु पर्ने छ ।

७.४) साधारण भेलामा कुनै पनि सदस्यले कुनै बिशेष प्रस्ताब राख्न चाहेमा सो को जानकारी लिखित रुपमा बैठक बस्नु सात दिन अगाबै कार्य समितिमा पेस गर्नु पर्ने छ ।

७.५) साधारण सदस्यहरुको कूल सदस्य संख्याको ५१ प्ँ्रतिशत संख्यालाई गण पुरकसंख्या मानिने छ । साधारण भेला बस्न गणपुरक संख्या नपुगेको खण्डमा सात दिन भित्र बोलाइने दोस्रो भेलामा उपस्थित सदस्यको बहुमतको संख्याको आधारमा लिइएको निर्ण्र्ाार्सबमान्य हुने छ ।

८) साधारण सभाको काम , कर्तव्य र अभिकार

८.१) मञ्चको नीति एवं कार्यक्रमको निर्धारण गर्ने , समितिले पेश गरेको वाषिर्क प्रतिबेदन , आय व्यय विवरण तथा लेखा परिक्षण प्रतिवेदन स्वीकृत गर्ने छ ।

८.२) बिधान संग नबाझिने गरी सदस्यहरुको साधारण बहुमत बाट पारित गर्राई आफ्नेा नियम उपनियम बनाई लागु गर्न सक्ने छ ।

८.३) सदस्यहरुका साधारण बहुमतबाट निर्देशिकाको बुँदा संशोधन , खारेज र थप घट गरी लागु गर्न सक्ने छ ।

८.४) साधारण सभाको गणपुरक संख्याले कार्य समितिको बिरुद्धको अबिश्वासको प्ा्रस्ताब पारित गर्न सक्ने छ ।

९) केन्दिय अधिवेशन

९.१) मञ्चको केन्द्रिय अधिवेशन प्रत्येक २ बर्षमा हुने छ । यस मञ्चका सबै साधारण सदस्यर्,र् इकाइ समिति सदस्य, क्षेत्रिय समिति सदस्य, केन्द्रिय समिति सदस्य तथा सल्लहकार समिति सदस्यहरु अधिवेशन प्रतिनिधी हुनेछन् । मञ्चको केन्द्रिय अधिवेशनले कार्य समितिको चयन गर्ने छ । अधिवेशन बोलाउने प्रकिया र अधिवेशनको बा“की काम कर्तब्य र अधिकार साधारण सभा सरह नै हुने छ ।

१०)कार्य समितिको गठन

१०.१) अध्यक्ष – १, उपाध्यक्ष – १ महासचिव – १, सचिव – १, कोषाध्यक्ष – १, र बाँकी सदस्यहरु रहने गरी १५ देखि १७ सदस्यिय कार्य समितिको गठन गरीने छ ।

१०.२) कार्य समितिको गठन साधारण सदस्यहरुमध्यबाट सहमती वा गोप्य मतदानका आधारमा गरिने छ ।

१०.३) कार्य समिति यथासंभव बिभिन्न बर्ग, समूदाय, क्षेत्र, जाती जनजाती, भाषाभाषीलाई समेट्ने गरि गठन गरिने छ । महिलाको लागि कम्तिमा एक स्थान सुरक्षति गरिने छ ।

१०.४) कार्य समितिको पदाबधि निर्वाचित भएको मितिले २ बर्षो हुने छ ।

१०.५) कुनैपनि कारणले कार्य समिति सदस्यता रिक्त रहन गएको खण्डमा कार्य समितिले रिक्त सदस्यताको पर्ुर्ति बा“की अबधिको लागि गर्न सक्ने छ ।

११) कार्य समितिका पदाधिकारीहरुको कर्तब्य तथा अधिकार

११.१) अध्यक्ष

बैठकको अध्यक्षता गर्ने ।

मञ्चको लागि अग्र तथा प्रमूख भूमिका खेल्ने ।

मञ्चका क्षेत्रिय तथा इकार्य समितिहरुको नियमित अनुगमन तथा निरिक्षण गर्ने ।

बैठक बोलाउने तथा निर्ण्र्ाा मत दिने ।

मञ्चको भावी कार्यक्रमहरुको तय तथा कार्यान्वयन गर्ने, गराउनर्ेर्ेे

मञ्चको हितका निम्ति अन्य संघ संस्थाहरुस“ग सर्म्पर्क तथा समन्वय गर्ने ।

११.२) उपाध्यक्ष

अध्यक्षको अनुपस्थितिमा उमेरको बरिष्टताका आधारमा बैठकको अध्यक्षता गर्ने ।

अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अन्य भूमिका निर्वाह गर्ने ।

मञ्चको हित तथा उद्देश्य परिपर्ूर्तिका लागि अन्य कार्य गर्ने ।

११.३) महासचिव

मञ्चको बैठकको सञ्चालन गर्न ।

मञ्चको बिविध गतिविधीहरुको लिखत बनाई सुरक्षति राख्ने ।

अध्यक्षको परामर्शमा बैठक तथा भेला बोलाउने ।

मञ्चको भेला तथा बैठकहरुमा प्रतिवेदन प्रस्तुत गर्ने ।

मञ्चको हित तथा उद्देश्य परिपर्ूर्तिका लागि अन्य कार्य गर्ने ।

११.४) सचिव

महासचिवको अनुपस्थितिमा महासचिवको भूमिका निर्वाह गर्ने ।

मञ्चको हित तथा उद्देश्य परिपर्ूर्तिका लागि अन्य कार्य गर्ने ।

११.५) कोषाध्यक्ष

कोषको जिम्मा लिने ।

को षको लिखत नियमित तथा ब्यवस्थित ढंगले राख्नेे ।

आर्थिक विरण बैठक तथा साधारण सभामा प्रस्तुत गर्ने ।

मञ्चको हित तथा उद्देश्य परिपर्ूर्तिका लागि अन्य कार्य गर्ने ।

११.६) सदस्य

कार्य समितिले तोकेको कार्य गर्ने ।

मञ्चको हित तथा उदेश्य परिपर्ूर्तिका लागि अन्य कार्य गर्ने ।

१२) कार्य समितिको बैठक

१२.१) कार्य समितिको बैठक साधारणतया हरेक तिन महिनाको एक पटक तोकिएको स्थान तथा समयमा बस्ने छ । तर अध्यक्षले बिशेष बैठक बोलाउनु पर्ने परिस्थीति देखेमा अथबा कार्य समितिका एक तिहाइ सदस्यले अध्यक्ष समक्ष कार्य समितिको बिशेष बैठक बोलाउन लिखित अनुरोध गरेमा १५ दिन भित्रमा बिशेष बैठक बस्ने छ ।

१२.२) कार्य समितिको साधारण बैठक बस्ने समय तालिका कार्य समितिले निर्धारण गर्ने छ । निर्धारीत समय तालिका अनुसार बैठक बस्ने अग्रीम सुचना जारी गर्नु पर्ने छैन । तर बिशेष बैठक बस्ने सुचना भने लिखित वा मौखिक रुपमा बैठक बस्नु भन्दा तीन दिन अगाबै सम्पर्ुर्ुण्ा कार्य समिति सदस्यलाई दिनुपर्ने छ ।

१२.३) कार्य समितिको कुल सदस्य सख्याको ५१ प्रतिशतलाईृ गणपुरक संख्या मानिने छ । कुल सदस्य सख्याको ४१ प्रतिशत बैठकमा उपस्थित भएको र बा“की १० प्रतिशत बिशेष कारण बस उपस्थित हुन नसकेका तर टेलि˚ोन मार्˚त प्रत्यक्ष सर्म्पर्क राखी निर्ण्र्ााउपर सहमती राख्ने कार्य समिति सदस्यलाई उपस्थित भए सरह मानिने छ । गण पुरक संख्या नपुगेको खण्डमा कार्य समितिको साधारण बैठक बस्न सक्ने छैन । तर गणपुरक सख्या नपुगेर बैठक स्थगन भई १५ दिन भित्रमा बोलाईएको बैठकमा भने उपस्थित संख्यालाई गणपुरक संख्या मानिने छ ।

१२.४) कार्य समितिको कुनै पनि सदस्य बिना जानाकारी लगातार ३ -तीन) पटक सम्म्ा कार्य समितिको नियमित बैठकमा उपस्थीत हुन नसकेमा उक्त सदस्यको कार्य समिति सदस्यता समितीले खारेज गर्न सक्ने छ । सुचना दिई मूलुक बाहिर रहेको अबस्थामा भने यो कुरा लागु हुने छैन ।

१३) कार्य समितिको काम, कर्तव्य र अधिकार

१३.१) केन्द्रिय भेला तथा अधिवेशनले पारीत गरेका निर्ण्र्ाारु कार्यान्वयन गर्ने ।

१३.२ मञ्चको सांगठनिक बिस्तारका लागि क्षेत्रिय तथा इकाइ समितिहरु गठन गर्न पहल गर्ने ।

१३.३ ) समितिको अन्य कार्यहरु सम्पन्न गर्नका लागि साधारण सदस्यहरु म्ाध्ये बाट आबश्यकता अनुसार विविध विभाग तथा उपसमितिहरु ग्ाठन गर्ने

१३.४) बिधान र निर्देशिकाको अधिनमा रहि मञ्चका उद्देश्यहरु प्राप्तीको लागि जुनसुकै कार्यहरु गराउने ।

१३.५) यस बिधानले तोकेका अन्य कार्यहरु गर्ने गराउने ।

१४) केन्द्रिय सचिवालय

१४.१) समितिले कार्य समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, गरी ५ देखि ७ जनाको एक सचिवालय गठन गर्न सक्नेे छ ।

१४.२) सचिवालयको बैठक कम्तिमा एक महिनामा एक पटक बस्नु पर्ने छ ।

१४.३) कार्य समितिको बिशेष या नियमित बैठक नबसेको अबस्थामा निर्ण्र्ाालिई कार्यहरु तत्काल गर्नु पर्ने भएमा सचिवालयको बैठकद्वारा बहुमतले निर्ण्र्ाागरी कार्यान्वयन गर्न सकिने छ ।

१४.४) सचिवालयको बैठकद्वारा पारित निर्ण्र्ाातथा कार्यहरु कार्य समितिबाट अनुमोदन गराउनु पर्ने छ ।

१५) विभाग तथा समितिहरुको गठन

१५.१) कार्य समितिले आवश्यकता अनुसार ५ देखि ७ जना सम्मको सल्लाहकार समिति गठन गर्न सक्ने छ ।

१५.२) कार्य समितिले आवश्यकता अनुरुप कुनै केन्द्रि्रय पदाधिकारीको सयोजकत्वमा ५ देखि ११ जना सदस्य रहनेगरी बिभिन्न विभाग तथा उप समितिहरु गठन गर्न सक्ने छ ।

१६) क्षेत्रिय तथार् इकाइ समितिहरु

१६.१) कार्य समितिको पहलमा विभिन्न क्षेत्रिय तथार् इकाइ समितिहरु गठन गर्न सकिने छ ।

१६.२) क्षेत्रिय तथार् इकाइ समितिहरुले यस विधानको मर्म विपरित नहरने गरि आङ्खनो कार्य बिधि बनाई कार्य संचालन गर्न सक्ने छन् ।

१६.३) क्षेत्रिय तथार् इकाइ समितिहरुको गठन आवश्यकता अनुरुप क्रमश केन्द्रिय कार्य समिति र क्षेत्रिय समिति सदस्यहरुका अध्यक्षतामा गर्न सकिने छ ।

१६.४) क्षेत्रिय समितिका अध्यक्षहरुले केन्द्रिय समितिको बैठकमा भाग लिन तथा मत दिन पाउने छन् ।

१६.५) इकाई समितिका अध्यक्षहरुले सम्बन्धित क्षेत्रिय समितिको बैठकमा भाग लिन तथा मत दिन पाउने छन् ।

१७) आर्थिक स्रोत तथा कोषको संचालन

१७.१) मञ्चको आर्थिक स्रोत साधारण सदस्यता दस्तुर, लेवि, चन्दा , अनुदान , उपहार तथा अन्य स्रोत बाट प्राप्त हुने आय आदी हुने छ ।

१७.२) आर्थिक हिसाब किताब संचालनका निम्ति अध्यक्ष, महासचिव र कोषाध्यक्षको नाममा बैंक खाता खोल्न सकिने छ । सामान्यतया अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षरबाट खाता संचालन गरिने छ । तर अध्यक्षको अनुपस्थितिमा महासचिव र कोषाध्यक्ष तथा कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष र महासचिवको हस्ताक्षरबाट खाता संचालन गरिने छ ।

१७.३) मञ्चको वार्षर्िक आर्थिक प्रतिवेदन आर्थिक वा लेखा समितिबाट पास गर्राई केन्दिय समिति मार्˚त प्रस्तुत गर्नु पर्नेछ ।

१८) निर्वाचन सम्बन्धि ब्यबस्था

१८.१) समितिको निर्बाचनको लागि एक निर्वाचन समिति गठन गरिने छ ।

१८.२) कुनैपनि निर्वाचन गराउन निर्बाचन सम्वन्धि नियम बनाउन,े आवश्यक सुचना प्रकाशित गर्ने तथा निर्वाचन सम्पन्न गराउने पुरा अधिकार निर्वाचन समितिमा रहने छ ।

१८.३) निर्बाचन सम्वन्धि कुनैपनि कुराको अन्तिम निर्ण्ाय निर्वाचन समितिको हुने छ ।

१९) बिधान संशोधन तथा ब्याख्या

१९.१) बिधानको ब्याख्या गर्ने अधिकार केन्द्रिय समितिमा रहने छ ।

१९.२) बिधानमा उल्लेख नभएका बिषयमा निर्ण्र्ाालिनु पर्ने भएमा सहमतीका आधारमा प्रचलित नियम मुताबिक गरिने छ ।

१९.२) बिधानको कुनै बिषयमा थप घट वा शंसोधन गर्नु परेमा साधारण सभा वा अधिवेशनको साधारण बहुमतले गर्न सक्ने छ ।

समाप्त

Leave a Comment

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed