विद्याको पत्र मदनलाई

June 8, 2009

स्व्र्ँर्ग्ँब्ँँसी स्वामी मदन,

पातलको सिंहदरबार बाट प्रणाम ।

हजुरको र्स्वर्गको यात्रा गरे देखि नै पत्र लेख्ने कोशिस गर्दै थिए““““ तर अकस्मात रत्नपार्कमा जनकल्याण चिट्ठा परेझै यस पातल को काठाण्डौ नगरीबाट सांसद हुने सौभाग्य मेरो सेतो सारीले जुराइदिदां मेरो प्रयास अधुरो रहन गयो । अहिलेको जस्तो मोबाइल फोन र इन्टरनेट भएको भए म हजुरलाई मिसकल दिन्थे अथवा अफलाईन मेसेज भएपनि पक्कै छाड्थे तर म अहिले सम्म पत्र लेख्ने साइत कर्ुन बाध्य भए“ ।

हजुरको र्स्वर्गबासले मैले पनि सामाजिक परम्परा धान्न र लोकको साहानुभुति लिन सेतो सारी लगाउदै आसु बर्बरी झारेको देखेर निसा उसाको अवस्था देखी दया जगाई काठमाण्डौ बासी नरनारीले हजुरको ठाउ“मा मलाई सांसद बनाएको समचार त ढिलै भएपनि मनमोहन बुढाले दिए होलान् । सांसद भएपछि मनलाई बुझाउने कोशीस गरें । सावा“ हराएपनि हजुरको नाम र कामको ब्याज स्वरुप पाएको सांसद पदको भत्ताले सोकलाई शत्तिमा बदल्दै लगें । मलाई थाहा थियो हजुर एक निडर अन्तराष्ट्रिय वादि नेता हुनुहुन्थ्यो त्यसैले हजुरको सपना साकार पार्न नेपालको नदिलाई अन्तराष्ट्रियकरण गर्ने के. पी. – माधव कमरेड को अभियनलाई साथ दिदैं माहाकाली सन्धि अनुमोदन गर्न ल्याप्चे धस्काइदिए“ । मलाई विस्वास छ मेरो त्यो कदम कम्यूनिस्ट पाटिको अन्तराष्ट्रिय वादि सोचको उत्कृष्ट नमुना बनीरहने छ ।

हजुर त सांसद पनि धेरै समय हुन पाउनु भएन पाटि नेता हुनुभन्दा त सांसद र मन्त्री हुन कति आन्नद हुुदो रहेछ । हजुर र्स्वर्गबास भएपछि पनि मैले सुत्केरी भत्ता पचाएको हल्ला पनि सुन्नु भयो – तर त्यो हल्ला थिएन । सांसद हुदा त पुरुषले पनि सुत्केरी भत्ता खा“दा रहेछन् । पाठेघर नहुनेले त खाए भने मत श्रीमान् मात्र नभएको होनी भन्ठानेर अघाउन्जेल त्यस्ता भत्ता – सत्ता हर्सर्ुन थालें ।

हजुरत लौरो जस्तो सोझो तर के.पी., माधव , प्रदिप र्रर् इस्वर कमरेड त कागको पनि फुल चोर्ने कोइली चरी जस्ता रहेछन् । माधव कमरेडले भन्नु भएको हजुर त भारतको, अमेरीकाको र राजतन्त्रको बिरोध गर्दा र्स्वर्गमा सरुवा हुनु परेको रे, कागवाठो भए गु खान्छ, वा“दर वाठो भए कुन्नी के च्यापीएर मर्छ नेता राष्ट्रवादि भए माथी पुग्छ भनेर उहा“हरु गुड प|mाईडेमा भनीरहनु हुन्छ । जहुरको स्वर्ग्र्ाास भारत अमेरीका र दरवार संग जोरी खोज्न लाग्दा भएको बुझेपछि मलाई हजुर देखि कति रिस उठको थियो – म यो पत्रमा लेेख्नै सक्दिन । त्यस्तो गाह्रो काम त प्रचण्डेले गरी हाल्थ्यो नि, हजुरलाई किन खसखस – उ हामीले त माओवादीले लर्डाई लडेर राजतन्त्र मिल्काइदियो । अन्तमा यसो सिदा मिसाएको भरमा तर मारेर बसेका छौं । जे होस हजुरको जस्तो गल्ति म गदिैन । यो ऐस र मोजकोे महलमा जानी जानी कसरी आगो लगाउनु -

राजनितीमा षड्यन्त्र र छलकपटमा म पनि निपर्ुण्ा भै सकें । विश्वविद्यालयमा परिक्षा दिन पाए पि.एच.डि नै गर्ने भैसकेको छु । यो , सत्र वर्षो के.पी. कमरेडको सगंतले मलाई पारंणत नै बनाएको छ । मेरो पारंगतताको कदर गर्दै के.पी. कमरेडले वर्तमान कठपुतली र भोकतान्त्रिक गठवन्धन सरकारको रक्षा मन्त्री भएकी छु । यो मन्त्रालयको नाम र काम परिवर्तन गरी भक्ष मन्त्रालय बनाउने प्रण सपथ ग्रहणमा मनमनै गरेको छु ।

रक्षामन्त्रि भएपछि के.पी कमरेड र राकेश जी को गुन तुरुन्त तिर्न आठ जर्नेल साबको थमौति  गर्दैछु । ति मध्येका एक जर्नेलले हाम्रो पल्लाघरको सपना लाई हजुरभाको ठाउ“मा पठाइदिएको रैछ, त्यो गुनको बदला तिरें । अनि कटुवाल जी को कार्वाहि फुकुवा गर्दै छु । उहां नभए के.पी कमरेडको चियर्स गर्ने कोही नहुने भयो त्यसैले उहां थमौतिमा पर्नु भयो । मैले ति जनमुत्ति सेना लाई पाखा लगाउने षड्यन्त्र गर्दै छु । जनमुत्ति सेना राष्ट्रिय सेनामा समायोजन भएपछि म जस्तोको घर न घाट पार्छन । यीनिहरु सीमानाको माया“ गर्छन अनि त राकेश जीको चित्त दुख्छ । हाम्रो पाटीको बेबी किगंको अवधारणा सदाको लागि अन्त हुन्छ । यस्ता अपराधिलाई कसरी राष्ट्रिय सेनामा समायोजन गर्नु -

प्रिय मदन, अब अर्को पत्र कहिले लेख्छु थाहा छैन । मन्त्रि भाको छु दश, बिस देशको फन्को नलगाए बाबुरामले जम्मा पारेको रकम बाकी रहन्छ । सुनेको छु यूरोप र अमेरीकामा चिठी पत्र भन्दा इन्टरनेट चल्छ रे । मैले पनि एउटा इमेल आइडी खोलेकी छु । के.पी. कमरेडले घरमै आएर कर गरेपछि खोलेकी हुं । च्याटि· गर्ने भए मेरो आइडि bidhyadarling@khuraphati.com मा एड गनुै होला अन्तमा राष्ट्रिय र अन्तराष्ट्रिय कमरेडहरु माधव, के.पीर्,र् इश्वर, प्रदिप, जुलीयाचांग, के.भी राजन, राकेश लगाएत सबै पातलबासी खलनायकहरुको तर्फाट अभिवादन ।

उहि हजुरको पातलकी अर्धागिंनी

विद्या

रक्ष्ँा मन्त्रालय

जंगी अड्डा महासाखा

२०६६, जेष्ठ २४

 सर्ूदर्शन न्यौपाने

इचंगुनारायण ९, काठमाण्डौ -लेखक 

Entry Filed under: समाचार. .

Leave a Comment

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


अडियो मिडियाहरु

अनलाइन न्युजहरु

पत्रपत्रिका

प्रगतिशील वेभसाइटहरु

रमाइला साइटहरु

Meta

Recent Posts

Tags

Alkhore nptwf

वर्गीकरण

Recent Comments

Top Clicks

Top Posts

Flickr Photos

1244518919

More Photos

Authors

हेर्न रहर गर्नेहरु

शुभकामना

एकिकृत नेकपा माओवादीले तयार पारेको नयाँ सविधानको अवधारणा पत्र

नौलो जनउभार साप्ताहिक

Archives

वि.सं. २०६६ सालको भित्तेपात्रो

Watch videos at Vodpod and other videos from this collection.

हाम्रो बारेमा