जनयुद्धका योद्धा माछापालनमा व्यस्त
July 7, 2009
- मानसिंह विक
रोल्पा,२३ असार । शोषण, दमन, अन्याय र अत्याचारबाट मुक्ति पाउनको लागि १० वर्षीय सशस्त्रक्रान्तिमा सहभागी बनेका तत्कालीन एकीकृत नेकपा (माओवादी) कार्यकर्ताहरूमध्ये रोल्पा, कोर्चावा-५ घापाका गणसिंह पुन (डेवल) पनि एक साहसी र निडर यात्रीको रूपमा परिचित छन् ।
उनले करिब दुइ दशकको लामो यात्रा राजनीतिमा नै बिताएका थिए । राजनीतिक जीवनमा बाध्यताले उनका सबै परिवार भूमिगत हुनुपरेको थियो । उनको घर मक्किएको र बारीमा पूरै बनमाराले ढपक्कै ढाकेको थियो । तर उनी अहिले भत्किन लागेको घर र बनमाराले ढाकेको बारीलाई दिनरात परिश्रम गरी सुन्दर तरकारी बगैँचा र माछापोखरी बनाई जीवनका हरेक कठिनाइलाई बगैँचा र माछासँग बिताउने गरिरहेका छन् ।
उनी असली किसान बनेका छन् । फेरि आन्दोलन गर्नुपरेमा पूरै जीवन बलिदान दिने आँट पनि उनीसँग छ ।
गणसिंह पुनको पाँच जनाको परिवार थियो । उनका एकमात्र छोरा कुतलाल पुन (किरण) बुबा आन्दोलनमा सहभागी भएको भनी उनलाई पनि धेरैपटक प्रहरी, सेनाले गिरफ्तार गर्ने योजना बनाएपछि बाध्य भएर कलिलो उमेरमा नै जनयुद्धमा होमिनु परेको थियो । विद्यार्थी सड्गठन हुँदै माओवादी जनमुक्तिसेनामा भर्ति भएका उनी करिब १९ वर्षा नै २०५९ सालमा जुम्लाको सदरमुकाम खलड्गा कब्जा गर्दा सहिद बनेका थिए ।
उनका दुइ छोरी भने सकुशल नै छन् । जेठी छोरी तुलसी पुनलाई बुबा माओवादीमा हिँडेको कारण देखाई सदरमुकाममा लिवाङ कक्षा ८ मा अध्ययन गरी वर्ष बिदामा घर गएको बेलामा बुबाको कारणले २०५५ असारमा गिरफ्तार गरी २०५८ सालसम्म जेलमा राखेको थियो ।
तुलसीलाई पहिले माओवादी र तत्कालीन सरकारसँगको वार्ताको समयमा छोडिएको थियो । उनी मात्र बुवासँग किसान पेसामा लागेकी छिन् । उनी पनि तरकारीखेती र माछा पालन गरिरहेकी छिन् ।
उनकी कान्छी छोरी अरूण पुन मगरात साँस्कृतिक परिवार केन्द्रीय टोलीमा गायिकाको भूमिका निर्वाह गरिरहेकी छिन् । उनले भने कहिलेकाही घर आउँदा मात्र बुबालाई सहयोग गर्ने गर्दछिन् । गणसिंह पुनले नयाँ नेपाल बनाउनमा उनको छोराको बलिदानसमेत दिएका छन् । उनी भन्छन् ‘हाम्रो देशलाई समुन्नत बनाउनका लागि मेरो छोरालगायतका सहिदहरूले बलिदान दिएका छन्, कतै सहिदहरूको सपना पूरा हुने हो होइन भनी शड्का लागेको छ ।’
उनले आन्दोलनको बेलामा घरबारी व्यक्तिगत जीवन त्यागेर युद्धमा सहभागी भएका थिए । पुनको घरबारीमा पहिले केही समय स्थानीय जनता र माओवादी कार्यकर्ताले बाली लगाएका थिए । तर पछि सड्कटकालमा भने घर र बारी गौचरनमा परिणत भएको थियो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रम र शान्तिकालीन अवस्थामा पार्टी काममा केही चाप कम परेपछि उनी घरमा आएर बस्ने योजना बनाएका थिए । उनी पहिले घर छोड्दा सानो सुन्दर घरबारी पनि पछि प्रहरी र सेनाको कारणले घर भत्किन थालेको र बनमाराले ढपक्कै ढाकेको बारीमा दिनरात परिश्रम गरी घर र बारी बनाएको स्मरण गर्दछन् । छोराको मृत्यु भएको खबरले दुःख र गर्वको अनुभूति त भयो तर छोराको चिन्ताले झन पीडा थपेको उनले बताए । त्यहीबाट आफू बिरामी भएको जानकारी गराएका थिए ।
उनकी श्रीमती धनसरी पुनको सुरक्षाकर्मीले गरेको अमानवीय व्यवहार र छोराको चिन्ताले रोगबाट मुक्ति पाउन नसकेपछि मृत्यु भएको थियो ।
जनतासँग सहकार्य गर्नको लागि किसान पेसामा पनि पोख्त हुनुपर्ने विचार ४८ वर्षीय पुनको छ । त्यही कुरालाई व्यवहारमा देखाउनको लागि उनी तरकारीखेती गर्दैआएका थिए । तर ढाडको रोगी उनीसँग श्रमशक्तिको अभाव भएपछि तरकारीखेती कमगरी माछापालनमा आकषिर्त बनेका छन् ।
उनले माछा पालन गर्न एक मिटर गहिर्राई, पाँच मिटर चौडाइ र १७ मिटरको लामो दर्ुइवटा पोखरी निर्माण गर्नको लागि करिब रु. ७२ हजारको लगानी गरेका छन् । सो पोखरी निर्माण भएपछि उनले फागुनमा काठमाडौँबाट एक हजार ३०० माछा र चैतमा नेपालगन्जबाट तीन हजार माछा ल्याएर पोखरीमा हालेका थिए । माछापालनको उत्कृष्ट किसान बन्ने इच्छा भएको खुलासा गर्दै उनले माछापालनसँग नै दिनको समय निकै छिटो बितेकोमा आफँै अचम्म परेको उनले बताए ।
उनको कामबाट त्यस गाविसका जनता प्रभावित बनेका छन् । पुनको माछापालन हर्ेन दैनिकजसो मान्छेको भीड लाग्ने गर्छन् । उनको तरकारीखेतीबाट सिकेर करेसाबारीमा तरकारीखेती गरेका कोचवाङ- ४ घापाका तुलबहादुर विकले तरकारीखेतीबाट जीवनयापन हुने बताएका छन् ।
उनी चीनमा माओले कृषि उत्पादनमा दिएको जोड नेपालमा यतिबेला आवश्यक भएको बताउँछन् ।
तर उनले कतिपय राजनीतिक दलहरूले आफूले पार्टी छोडेर किसान बनेको भनी गलत प्रचार गरेकोमा खेद प्रकट गर्दै पार्टी छोडेको दावी गर्नुकासाथै असली राजनीतिक कार्यकर्ताले किसान पेसा अगाल्नु पर्ने विचार राख्दछ्न ।
रोल्पा जिल्लाका ग्रामीण भेकमा किसानहरू सैद्धान्तिक ज्ञानभन्दा व्यवहारबाटै किसान पेसा गरी रहेकोमा ती किसानहरूलाई जिल्ला कृषि विकास कार्यालय रोल्पाले योजना तर्जुमा गरिसकेको बताइएको छ ।
उनले राजनीतिक कार्यकर्ता मात्र नभई परिश्रमी किसान बनेर गाउँलेलाई आमूल परिवर्तनको मार्ग देखाएका छन् । सबैको सहकार्यबाट मात्र गाउँ र जनताको मानसिकतामा परिवर्तन आउने उनको विचार छ ।
Entry Filed under: समाचार. .
2 Comments Add your own
Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed



1.
lok bahadur gurung | July 20, 2009 at 5:09 am
nalayek sarkarle pokhara ko 7 jana don harulai kina bina karbahi riha gareko ki yo sarkarle yastai gardai jani ho bhanidekhi nepalma gunda ko raj hun6a ma qatar bata
2.
lok bahadur gurung | July 20, 2009 at 5:22 am
nalayek sarakarle kina ho pokhara ko 7 jana don harulai samayera pani chodeko kiyastai hobhane ta sarakarma nabaseni hun6a