भेदभावपूर्ण नितीको अन्त्य हुनपर्ने
January 30, 2010 at 3:33 pm Leave a comment
रुकुम/विरवहादुर मल्ल
माघ १६ गते ।
भेदभावपूर्ण प्रचलन, सरकारी निती, निर्णय र व्यवहारको अन्त्य गर्न राज्यले उपयुक्त कानुनी व्यवस्था गर्नुपर्ने विहिवार रुकुममा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । सहभागिहरुले विभेदजन्य सम्पूर्ण कानुनहरु खारेज तथा संसोधन गर्न पनि माग गरेका छन् । महिला कानुन र विकास मञ्चले विहिवार रुकुम सदरमुकाममा आयोजना गरेको भेदभावपुर्ण कानुनहरुको संसोधनका लागि नागरीक समाज संग छलफल कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा कानुन व्यवासायी, पत्रकार, नागरिक समाज, कार्यालय प्रमुख लगायतले विभिन्न वर्गहरुविच कुनैपनि अधिकारको प्रयोगमा भेदभाव नगरी अधिकारलाई समान उपभोगको सुनिश्चित गर्न माग गरेका थिए ।
Entry filed under: समाचार. Tags: .




Trackback this post | Subscribe to the comments via RSS Feed