जिल्लामा गुणस्तरहिन वस्तु विक्रि नगर्न आग्रह
January 30, 2010 at 3:23 pm Leave a comment
रुकुम/विरवहादुर मल्ल
माघ १६ गते ।
रुकुम जिल्लामा गुणस्तरहिण र असमान रुपमा दैनिक उपभोग्य वस्तु र विक्रिवितरण गर्न रोक लगाइएको छ । असमान रुपमा विक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालयले सवै व्यापारीहरुलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय रुकुममा विहिवार रुकुम उद्योग वाणिज्य संघका पदाधिकारी एवं व्यापारी तथा व्यवसायिहरुको वैठकमा यस्तो निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्ष्यतामा वसेको वैठकले सम्पूर्ण व्यपारी तथा व्यवसायिहरुले आ-आˆनो पसल अगाडी सवैले देख्ने स्थानमा अनिवार्य रुपमा मुल्य सुचि राख्नुपर्ने, म्याद नाघेका र गुणस्तरहिन उपभोग्य वस्तु हटाई गुणस्तरयुक्त वस्तुको निश्चितता गर्नुपर्ने एवं निर्णय अनुसार कार्यन्वयन नगर्नेलाई कानुन वमोजिम कार्वाही गर्ने लगायतका निर्णय गरेको छ । वैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी गणेशवहादुर अधिकारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत सम्पूर्ण व्यापारी तथा व्यवसायिहरुलाई वैठकले निर्णय गरेअनुसार आˆनो पेशा सञ्चालन गर्न जानकारी समेत गराइएको छ । ।
Entry filed under: समाचार. Tags: .




Trackback this post | Subscribe to the comments via RSS Feed