रुकुममा खाद्यान्न आपूर्तिको माग वढ्यो
January 30, 2010 at 3:21 pm Leave a comment
माघ १६ गते ।
विगतका वर्षहरुको तुलनामा यस वर्षमा रुकुम जिल्लाका विभिन्न अति विकट गाविसहरुमा खाद्यान्नको आपूर्तिको मागमा वृद्धि भएको छ । जिल्लाका अति विकट गाविसहरुमा सिचाइको अभाव, परम्परागत खेती गर्ने प्रणाली कायम, आधुनिक खेती प्रणालीको पहुंज नपुग्नु, जनसंख्या वृद्धि र समय अनुसार पानी नपर्नु लगायतका कारणले खाद्यान्न आपूर्तिको माग बढेको हो ।
रुकुम जिल्लामा आर्थिक वर्ष २०६४/०६५ मा ३५ सय क्वइन्टल र आर्थिक वर्ष ०६५/०६६ मा ११ हजार क्वइन्टल चामल विक्रि भएको थियो भने यस आर्थिक वर्ष सुरु भएदेखि हालसम्म ६ हजार ६ सय क्वइन्टल चामल र १ हजार लिटर तोरीको तेल विक्रि भइसकेकोे नेपाल खाद्य संस्थान शाखा कार्यलय रुकुमले जनाएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय रुकुमले माग गरे अनुसारको चामल केन्द्रले स्विकृत गरेमा यसै आर्थिक वर्षमा १८ हजार क्वइन्टल चामल विक्रि गर्न सक्ने नेपाल खाद्य संस्थान शाखा कार्यालय रुकुमका प्रमुख प्रेमनारायण भन्डारीले जानकारी दिनुभयो । प्रमुख भण्डारीका अनुसार जिल्लाका विकट गाविसहरु गोतामकोट, स्यालाखदि, हुकाम, रन्मा मैकोट,आठविसकोट लगाएतका गाविसहरुको लागि भनेर आएको विशेष परिस्थितिको ४ हजार ६ सय २५ क्वइन्टल चामल मध्ये ३ हजार ४ सय ८२ क्वइन्टल ५० किलो चामल सम्वन्धित गाविसका जनतालाई वितरण गरी सकिएको छ । यति मात्रले त्यहााका जनतालाई नपुग्ने स्थानीय वासिन्दाहरु वताउंछन् । एक गोतामकोटका डिल्लीवहादुर वुढा भन्नुहुन्छ- घरमा लगाएको वाली ३ महिना पनि पुग्दैन, चामल वितरण गर्दा पनि थोरै दिन्छ यतिले त हामीलाई खान पुग्दैन् । जिल्लाामा नेपाल खाद्य संस्थानका २ ओटा शाखा कार्यालय र एउटा डिपो कार्यालय भएपनि पश्चिम क्षेत्रका जनतालाई सहज तरिकाले उपलव्ध गराउने उदेश्यले स्थापना गरिएको शाखा कार्यालय चौरजहारी भने सन्चालन आएको छैन् । हाल शाखा कार्यालय खलंगा सल्ले र डिपो कार्यालय शोभा रुकुमकोट मात्र सन्चानमा रहेका छन । शाखा कार्यालय चौरजहारी लामो समययता सञ्चालनान नआउंदा त्यस क्षेत्रका जनताहरु महंगो खाद्यान्न खरिद गर्न वाध्य भएका छन् । त्यस क्षेत्रका जनताहरु छिटोभन्दा छिटो शाखा कार्यालय सञ्चालन गर्न माग गरेका छन् । विभिन्न अतिविकट गाविसहरुमा खाद्यान्न माग वढिरहेकाले रुकुम जिल्लामा खाद्य संकट आउन सक्ने सहजै अनुमान गर्न सकिने भएकाले सम्वन्धित निकायले त्यसको सामाधान गर्न ध्यान दिनुपर्ने एक वुद्धिजीवि हरिविष्णु ओलीले वताउनुहुन्छ । अहिले नेपाल खाद्य संस्थान रुकुममा ४ हजार क्वइन्टल चामल र ५ सय लिटर तोरीको तेल मौज्दात रहेको छ ।
Entry filed under: समाचार. Tags: .




Trackback this post | Subscribe to the comments via RSS Feed