अबको लडाई परिवर्तन चाहने र नचाहने बीच – सन्तोष बुढा

January 30, 2010 at 3:12 pm Leave a comment

दाङ १६ माघ

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष बुढामगरले अबको लडाई परिवर्तन चाहने र नचाहने शक्तिबीच हुने बताउनुभएको छ । मगर राष्ट्रिय मुक्तिमोर्चा दाङले शनिबार घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उहााले यस्तो बताउनुभएको हो ।

राजतन्त्रको अन्त्य भएपनि त्यसका भग्नावशेषहरु बााकी रहेको भन्दै अध्यक्ष बुढाले अबको अन्तिम विद्रोहमा प्रतिगामी तत्वहरुले हार्ने र क्रान्तिकारी शक्तिले जित्ने दावी गर्नुभयो । जनताको संघीय गणतन्त्र स्थापना गर्न नदिन देशीविदेशी तत्वहरु षड्यन्त्रमा लागेको चर्चा गर्दै बुढाले परिवर्तनको बाटोमा हिडेका शक्तिहरु एकै ठाउामा गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रीय सदस्य समेत रहनुभएका अध्यक्ष बुढाले आफूहरुले उठाएको राष्ट्रियताको मुद्दासागै जातीय मुद्दाको विषय जनताको अधिकारसागै जोडिएकोले राष्ट्रिय राजनीतिमा ठूलो लडाई भइरहेको बताउनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी दाङका सेक्रेटरी सुवास पुनले अग्रगमनतिर जाने कि यथास्थितिमै रहने भन्ने सवालमा देशव्यापी धु्रवीकरण शुरु भएको भन्दै सकभर सहमति र सहकार्यको बाटोबाट अगाडि बढेमा देशको निम्ति हित हुने बताउनुभयो ।

 

मोर्चाका जिल्ला अध्यक्ष तोरण ठाडामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फणाधर बुढाले गर्नुभएको थियो भने कृतिमान पुनले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो ।

यसैबीच सोही कार्यक्रममा १ सय ६ जनाले मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुमा मगर युवा क्लवका केन्द्रीय अध्यक्ष लक्ष्मण बुढामगरसहित एक सय पााचजना र कांग्रेसका सक्रिय कार्यकर्ता एवम् नेपाल मगर संघका भूपू केन्द्रीय उपाध्यक्ष इन्द्रसेन थापा रहेका छन् । नवप्रवेशीहरुलाई मोर्चाका अध्यक्ष सन्तोष बुढामगरले स्वागत गर्नुभएको थियो ।

 

Advertisement

Entry filed under: समाचार. Tags: .

कठपुतली सरकार फासीवादमा पतन रुकुममा खाद्यान्न आपूर्तिको माग वढ्यो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

वर्गीकरण

Top Clicks

  • None

Flickr Photos

1244518919

More Photos

Authors

हेर्न रहर गर्नेहरु

शुभकामना

एकिकृत नेकपा माओवादीले तयार पारेको नयाँ सविधानको अवधारणा पत्र

नौलो जनउभार साप्ताहिक

वि.सं. २०६६ सालको भित्तेपात्रो

Watch videos at Vodpod and other videos from this collection.

Follow

Get every new post delivered to your Inbox.