कास्कीको जित
January 30, 2010 at 3:36 pm Leave a comment
विनोद अधिकारी /माघ १६नेपालगंज
कास्की घरेलु टोली बााकेलाई ९ बिकेटले हराउदै तेस्रो राष्ट्रिय दृष्टिबिहीन महिला क्रिकेट प्रतियोगीताको फाईनलमा प्रबेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बााकेले निर्धारित २० ओभरमा ६ बिकेट गुमाई १ सय २४ रन जोडेको थियो । बााकेको तर्फबाट सिता बुढाले १३ र नन्दा सिंह ठकुरीले ११ रनको महत्वपुर्ण योगदान गरे । १ सय २५ रनको लक्ष्य कास्किले ११.४ ओभरमै पुरा गर्यो । उसका लागी सुनिता घिमिरेले ४४ र तिलमाया बि.कले २० रन जोडे । ४ विकेट लिएकी भगबती ओमेन अफ द म्याच घोषित भईन् । स्थानिय मंगल प्रसाद उच्च माबिमा जारी प्रतियोगीतामा बााके लगायत कास्कि, चितवन र नबलपरासिका दृष्टिबिहीन महिलाहरुले सहभागीता जनाएका छन् । नेत्रहिन क्रिकेट संघ महिला समिती र पार्टि नेत्रहिन संघले प्रतियोगीताको आयोजना गरेका हुन् ।
Entry filed under: समाचार. Tags: .




Trackback this post | Subscribe to the comments via RSS Feed