नेपाली जनप्रगतिशील मञ्च, कतारको तेस्रो बाषिर्कोत्सव तथा ने.प्र.द.ए.सं. कतारको प्रथम महाधिवेशन सम्पन्न
September 16, 2010 at 4:03 pm Leave a comment
राष्ट्रिय स्वाधीनता, दीगो शान्ति र प्रवासी हितका लागि हाम्रो अभियान, आत्मनिर्णयको अधिकार सहित दलित मुक्तिका लागि जनमुखी संविधान । ” भन्ने मूल नारा लिएर आयोजित नेपाल प्रवास दलित एकता समाजको तेश्रो बाषिर्कोत्सव तथा प्रवास दलित एकता संगठन, कतारको प्रथम महाधिवेशन गत सेप्टेम्बर ११ का दिन दोहामा सम्पन्न भएको छ । मञ्चका उपाध्यक्ष शुशिल खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी एकीकृत नेकपा-माओवादी) का पोलिटब्यूरो सदस्य तथा संविधान सभाका सभासद नारायण प्रसाद पौडेल हुनुहुन्थ्यो भने विशेष अतिथीमा नेपाली राजदुतावास दोहा कतारका महामहिम राजदुत डा. र्सुयनाथ मिश्र हुनुहुन्थ्यो ।
त्यस्तै गरी अतिथीहरुमा नेपाली जनप्रगतिशील मञ्च, कतारका सल्लाहकार संयोजक उमेश बराल, गैरआवासीय नेपाली संघ , अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष्यमा सागर नेपाल, लोकतान्त्रिक मञ्चका सचिव रामजी गिरी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मान वहादुर साँवा लिम्बु, सेफ्टी अवारनेसका राधाकृष्ण देव, समाजसेवी तथा व्यवशायी टिवी कार्की, नवोदित साहित्यिक मोवाइल पुस्तकालयका इश्वर दाहाल लगायत अन्यको पनि उपस्थिती रहेको थियो ।
नेपाली जनप्रगतीशील मञ्चका सचिवालय सदस्य श्री कृष्ण भट्टर्राईबाट स्वागत मन्तव्य दिईएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा सभासद नारायण प्रसाद पौडेलले आफ्नो मन्तव्यको क्रममा भने, देशमा राजनीतिक परिवर्तन ल्याउन राज्यका नागरिकहरुले ठूलो वलिदान दिएको स्मरण गर्दै यो यथार्थलाई कसैले पनि भुल्न नहुने बताए । शान्तिपूर्ण रुपमा संविधान बन्न नसकेको कुरामा अरु दलहरुले गरेको खिचलोप्रति चिन्ता व्यक्त गर्दै राज्यमा स्थिर राजनीति र संविधान सभा बहाल हुन नदिने प्रयासमा एमाले र काँग्रेसले गलत चाल खेलिरहेको आरोप लगाए । देश र जनताको हितको लागि जति राम्रो कदम चलाए पनि भारतीय विस्तारवादको सहयोगमा अन्य दलले हस्तक्षेप गरिरहेकोमा चिन्ता व्यक्त गरे । आफ्नो पाटी भित्रको नेतृत्वमा विचलन आएपछि कम्युनिष्टहरुलाई विघटन गर्ने र नामेट गर्ने काम भएको इतिहासले प्रष्ट पारेको हुँदा यसमा सचेत रहनु पर्ने कुरामा जोड दिएका थिए । राजनीतिक संगठनको पंक्तिमा नेपाल जनप्रगतीशील मञ्च दोहा कतारले अग्रणी भूमिका खेलेको सुनेको र हाल आएर प्रत्यक्ष रुपमा शोषित पिडित श्रमिक मजदुरहरुलाई उद्धार गरेको खबरले आफु धेरै खुशी भएको बताए । संगठनलाई विभिन्न ढंगबाट वर्गीकरण गरी क्षेत्रगत रुपमा पुर्याएको योगदानलाई आफ्नो माउ पाटी ले सधैँ सकारात्मक रुपमा लिने छ भनी बताए । स्पष्ट दृष्टिकोणको कारण नेपाली नियोगले धेरै राम्रो काम गरेकोमा सह्राहना गर्दै श्रमिक मजदुरको हक हितको लागि खाडी राष्ट्र तथा मलेशियामा यस्तै जुझारु नियोग प्रतिनिधी भएमा श्रमिकहरुले धेरै राहत पाउने थियो, उनले बताए । उनले अन्त्यमा स्वार्थ भन्दा माथि उठेर श्रमिकको हक हित र अधिकारको पक्षमा लड्ने श्रमिक समस्याका चिन्तक महामहिम राजदुत डा. र्सुयनाथ मिश्रमा पनि हार्दिक आभार प्रकट गरेका थिए । 
कार्यक्रमका विशेष अतिथी महामहिम राजदुत डा. र्सुयनाथ मिश्रले भन्नुभयो, कतार संगको मैत्री सम्बन्ध सन् १९७१ बाट भएको स्मरण गर्दै त्यसैको फलस्वरुप अहिले कतार नेपालको श्रम सम्झौता मार्फ नेपालका नागरिकहरुले संख्यात्मक आधारमा लाखौँको संख्यामा यहाँ आएर रोजगार पाएको कुरा बताउनुभयो । देशमा जनशक्ति हुँदा हुँदै पनि देशको राजनीतिक अस्थिरता तथा आर्थिक दुरुहताको कारणले विकासका सम्भावना धेरै हुँदाहुँदै पनि पछि पर्नुपरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । नेपाल अधिराज्य भरि ८५००० मेगावाट विद्यत क्षमता हुँदहुँदै पनि हाल सम्म जम्मा ५००० मेगावाट विद्युत मात्र उत्पादन भएको र राज्यभित्र खपत भैरहेको त्यो बिद्युत शक्ति नागरिक तथा उद्योग धन्दाको लागि पर्याप्त नभएको बताउँदै यस्ता विकास निर्माणमा सरकारले अवसर दिएमा विदेशमा आर्जन गरेको शीप र श्रोतले नेपाल उज्यालो हुने थियो वहाँले बताउनुभयो । कुल रेमिट्यान्सको ३५ प्रतिशत मध्ये २१ प्रतिशत कतारले धानेको अवस्थामा कतारको हक हित र श्रमिक अधिकारका लागि नियोगले बटुलेको अनुभव र सुझाव सरकार पक्षबाट आधा अंश मात्र लागू गर्न सकेमा नेपाली श्रमबजारको भविष्य कतारमा धेरै राम्रो रहने र दोव्वर रेमिट्यान्स भित्र्याउन सकिने कुरामा ठोकुवा गर्नुभयो । एजेन्ट तथा दलालहरुको कारण तथा अन्य कारण गतबर्षमात्र सिआडी मार्फ ३२ हजार नेपाली नेपाल फर्किएको आँकडा बताउँदै १७८८२ को संख्यामा मानसिक रुपले विक्षिप्त कामदारहरु रहेको कतार स्थित हमद मेडिकल कर्पोरेशनबाट प्राप्त तथ्यांक पनि पेश गर्नुभएको थियो ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपालले आफ्नो मन्तव्यको क्रममा भने , नेपालको सरकारले लेवर खपत गरी त्यहि आर्जित रेमिट्यान्सबाट जिवीका गर्ने सरकार भएको देश भनेर आफुलाई सावित गरी विश्व बजारमाझ चिनाउन चाहेको बताए । देशको लागि हामी केहि गर्र्छौं भनेर हिँड्ने लगानी गर्न सक्षम र इच्छुक गैर आवासीय नेपालीहरुलाई अवसर दिनुपर्ने ठाउँमा विभिन्न कुराहरुको मुद्धा बनाई आक्षेप पटाक्षेप गरी धकेल्ने धृष्टता गर्नु पक्कै पनि राम्रो अभियान होइन भनेर बताए । कसैको एकल निर्णय र अभियानले देश त परै जावोस समाज हाँक्न पनि असम्भव भएको हुँदा यस्तो अभिमान कसैले नपाले हुन्छ भन्दै समाजलाई केहि दिन्छु भनेर हिँड्ने क्रममा, व्यवशाय गर्ने क्रममा तथा राज्यको र्सवाङ्गीण विकास र उत्थानको लागि कोहि कसैबाट भएका कमी कमजोरीलाई औँल्याएर सुधार्ने र सुध्रिने अवसर पाउनु पर्छ । त्यसो गरेमा मात्र उद्येश्यले र्सार्थकता पाउनेछ उनले भने । हामी देशका लागि केहि गर्न चाहन्छौँ भनेर पटक पटक जिकीर र प्रतिबद्धता सरकार समक्ष गर्दै अवसर प्रदानको लागि अनुनय गर्दा पनि सरकार पक्षबाट बेवास्ता गरीदै आएकोले अव सरकारले यसै गरेर नेपालीहरुले कति बर्षम्म विश्व भूगोलमा देश छोडेर बस्नुपर्ने हो त्यो पनि स्पष्ट नीति पेश गर्नु जरुरी रहेको छ उनले भने । जुनसुकै वैचारिक संगठनमा लागेर आफुलाई डोर्याएर हिँडेपनि आखिर सवै नागरिकको चाहना भनेको देशमा शान्ति, सुव्यवस्थता वहाल हुनुपर्छ भन्ने भएको हुँदा सवैले आआफ्नो क्षेत्रबाट एउटै आवाज लिएर अघि बढेमा असम्भव भन्ने कुरा केहि नरहेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मान बहादुर साँवा लिम्बुले नेपाली श्रमिकहरुको मामला र विद्यमान बाधा, अड्चन तथा कठिनाईमा प्रत्यक्ष सरोकार राख्ने काममा नेपाली जनप्रगतीशील मञ्च अग्रपंक्तिमा रहेको बताए । मूलुकका लागि चिन्ता व्यक्त गर्नेहरु मूलुकबाहिर रहनेहरु मात्र रहेको बताउँदै वर्तमान देशको राजनीतिक अराजकताले ग्रस्त देशको अवस्था स्पष्ट देखाएको छ भन्दै प्रथम चरणको अवस्थामा संविधान सभा निर्माण हुन नसकेपनि थप अवधिमा संविधान निर्माण कार्य देशका सवै दलले मिलेर गर्नु पर्ने कुरामा जोड दिँदै अन्यथा नागरिकले कुनै पनि दलहरुलाई कहिलै विश्वाश नगर्ने कुरा बताए । अब बन्ने संविधानमा आदिवासी जनजातिको हक, अधिकारको सुनिश्चितताको बारेमा पनि स्पष्ट कुराहरु समावेश हुनुपर्ने कुरामा उनले जोड दिएका थिए ।
नेपाली जनप्रगतीशील मञ्च कतारका सल्लाहकार संयोजक उमेश बरालले सांसदलाई किनबेच गर्ने काम एमालेबाट सुरुभएको हुँदा आफ्नो फाइदाको लागि जुनसुकै निषिद्ध तथा जनताहरुको अहितकारी कदम चाल्न पनि एमाले पछि नपरेको बताए । ८१ प्रतिशत कृषि पेसामा संलग्न भएको देशमा भारत संग जल सम्झौता गरी देशलाई ठूलो नोक्सानी पुर्याएको अवस्थामा अन्य दलहरु र त्यसका कार्यकर्ताहरुले कानमा तेल हालेर बसेको कुरा बताए । यसले क्षणिक राजनीतिक लाभ लिने क्रममा देशलाई ठूलो आर्थिक तथा प्राकृतिक नोक्सानी पुगेको कुरा बताए । यदि नेकपा माओवादीले एकमना सरकार बनाउन पाएमा देशको र्सवाङ्गीण विकासको लागि नेताहरुले कस्तो भूमिका खेल्नुपर्छ भनेर उदाहरण देखाईदिने थियो उनको भनाई थियो । अंग्रेज संगको युद्धमा वीरवलभद्रको योगदानलाई मात्र मुलुकव्याप्त बनाएको र त्यत्तिकै ऐतिहासिक योगदान पुर्याउने चाङ्ले सार्कीलाई राज्यले दलितको नाममा विर्सिदिएको बताउँदै दलित माथि राज्यपक्षबाट किताबी रुपमा समान भनेर उद्घोष गरेपनि छुवाछुत र हेप्ने प्रवृतिबाट दलितहरुले छुट्कारा नपाएको बताउँदै जातिय विभेदको मामलामा आफ्नो संगठन जहिले पनि समानताको व्यवहार गरिनुपर्छ भनेर लागि परेको बताए ।
त्यस्तै गरी अन्य बक्ताहरुमा समाजसेवी तथा व्यवशायी टिवी कार्की, सेफ्टी अवरनेसका राधाकृष्ण देव लगायत अन्यले पनि आफ्नो राय व्यक्त गरेका थिए । नेपाली जनप्रगतीशील मञ्च दोहा कतारका उपाध्यक्ष तथा सभापति शुशिल खड्काले नेपाली जनप्रगतीशील मञ्चले नेपाली श्रमिकहरुको मुद्यामा पुर्याएको योगदान र आफ्नो भावी योजना सवै माझ पस्कने योजना अनुरुप तथा नयाँ समिती निर्माणको लागि आयोजित विधिवत महाधिवेशनमा उपस्थित भएर सफल बनाउने सवैमा धन्यवाद व्यक्त गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन मञ्चका महासचिव हरि नेपालीले गरेका थिए
Entry filed under: समाचार. Tags: .




Trackback this post | Subscribe to the comments via RSS Feed