प्रधानमन्त्रीको झाँको झारियो
काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपाललाई उनकै सभासदहरुले झाँको झारेका छन् । बिहानैदेखि एमाले संसदीय दलको कार्यालयमा जारी संसदीय दलको बैठकमा उपस्थित प्रधानमन्त्रीलाई सभासदहरुले उनको कार्यशैलीप्रति व्यंग्य गर्दै झाँको झारेका हुन् ।
सभासदहरुले प्रधानमन्त्री र सरकार सेनाको कठपुतली बनेको र द्वन्द्व बढाउनतर्फ उन्मुख रहेको आरोप लगाएका थिए । त्यसैगरी उनीहरुले हरुवाहरुको भिड जम्मा गरेर सरकार निर्माण गर्दा जनतामा नराम्रो संकेत गएको र यसले पार्टीको छवि विगारेको आरोप लगाएका थिए ।
त्यसैगरी सभासदहरुले आफ्नै नेतृत्वको सरकार हुँदासमेत पार्टीका कार्यकर्ताहरु ठाउँठाउँमा कुटिँदा सरकार लाचार र मुकदर्शक बनेको आरोप लगाउँदै जसका कारण कार्यकर्तातहमा पलायन सुरु भएको भन्दै आपत्ति प्रकट गरेका थिए । उनीहरुले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमलाई बैद्य ठहर् याएर सरकारले ठूलो गल्ती गरेको आरोपसमेत लगाएका थिए । केही दिनदेखि एमाले सरकारमा पुगेपछि एमाले सभासदहरु दुई खेमामा स्पष्टरुपमा बाँडिएका छन् । एक खेमा प्रधानमन्त्रीलाई लज्जित बनाउनतर्फ लागेको छ भने अर्को खेमा प्रधानमन्त्रीको बचाउ गर्दै अध्यक्ष खनालको झाँको झार्न बढी लागेको छ । आजको जारी बैठकमा पनि प्रधानमन्त्री पक्षधर सभासदहरुले अध्यक्ष खनाल समूहले सरकारले पूर्णता नपाउँदै असहयोग गरेर सरकार गिराउनतर्फ लागेको र माओवादीको पक्षपोषण गरेको दावी गर्दै आएका छन् ।
Add comment June 19, 2009
र्सवदलीय टोलीद्वारा प्रतिवेदन र्सार्वजनिक
दाङ -देउखुरी), ४ असार । भारतसँग सीमा जोडिएका नाकाहरुको अनुगमनका लागि दाङबाट गएको र्सवदलीय टोलीले भारतीय पक्षले नेपाल र नेपालीमाथि निरन्तर रुपमा ज्यादती र सीमा अतिक्रमण गरिरहेको निष्कर्षनिकालेको छ ।
टोलीले आज बिहान दाङको घोराहीमा अनुगमन प्रतिवेदन र्सार्वजनिक गर्दै पुराना तथ्यको अध्ययन गर्दै जाँदा नेपालको सीमा हाल नेपालीहरुले भोगचलन गर्दैआएको सिमाना भन्दा झण्डै ८/१० किलोमिटर दक्षिण हुनसक्ने अनुमान लगाएको छ ।
सीमाक्षेत्रका गाउँहरुमा शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभुत आवश्यकताको कहाली लाग्दो अवस्था रहेको, सीमाक्षेत्रमा एउटा पनि जङ्गेपिलर नभएको, भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीहरुले वर्षौदेखि भोगचलन गदै आएको जमिन भारतको हो भनी पटकपटक माथितिर र्सार्न लगाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी टोलीले नेपालीहरुले धेरै समयपहिलेदेखि जग्गाको भोगचलन गर्दै आएको भएपनि लालपर्ुजा नभएको, सरकारी सेवा सुविधामा नाकावासीको पहुँच नभएको, नाकाक्षेत्रमा चेलीबेटीहरुमाथि हातपात तथा बलात्कार गर्ने र बलात्कारपछि हत्या गरिएका दर्जनौँ घटना सीमाक्षेत्रमा भेटिएको जनाएको छ ।
Add comment June 18, 2009
पोलिटव्यूरो बैठक जारी
काठमाडौँ, ४ असार । गत तीन दिनदेखि जारी एकीकृत नेकपा -माओवादी)को पोलिटव्युरो बैठक आज पनि जारी छ ।
कोटेश्वरस्थित माओवादीको ट्रेड युनियन कार्यालयमा सुरु भएको बैठकमा आज पनि नयाँ संविधानमा राखिने देशको शासकीय स्वरुप, सङ्घीय संरचना एवम् राज्यप्रणालीका विषयमा छलफल भइरहेको सो पार्टर्ीी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
नयाँ संविधानमा दलगत अवधारणा टुङ्गो लगाउनका लागि सो पार्टर्ीी वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईको संयोजकत्वमा गठित नयाँ संविधान मस्यौदा समितिद्वारा तयार पारी जारी बैठकमा हिजो प्रस्तुत गरिएकाले सोही मस्यौदामा पोलिटव्युरो सदस्यहरूले धारणा राख्नेक्रम सुरु भएको छ ।
सो मस्यौदामाथि पोलिटव्युरो सदस्यहरूले आ-आफ्ना धारणा प्रस्तुत गरी मस्यौदालाई निष्कर्षा पुर्याएपछि मात्र पार्टर्ीीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
यसअघि बैठकको सुरुकै दिन अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
वर्तमान राजनीतिक परिस्थिति र र्सवहारा वर्गको दायित्व विषयक १९ पृष्ठ लामो सो राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले अहिलेको अवस्थामा शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र नागरिक सर्वोच्चतामार्फ देशमा र्सवहारा वर्गको नेतृत्व कायम राख्न माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने उल्लेख छ ।
उहाँको सो प्रतिवेदनलाई सुधारवादी भएको भन्दै माओवादीका वरिष्ठ नेता मोहन वैद्यलगायतका केही सदस्यले त्यसप्रति फरक मत राख्ने बताएपनि त्यससम्बन्धी प्रस्ताव भने आइसकेको छैन । अध्यक्ष दाहालको सो प्रस्तावमाथि बैठकको पहिलो दिनमात्र छलफल भएको थियो ।
नयाँ संविधानसम्बन्धी अवधारणालाई आज निष्कर्षा पुर्याई भोलिदेखि पार्टर्ीीध्यक्ष दाहालको राजनीतिक प्रस्तावमाथि छलफल सुरु हुने बताइएको छ ।
Add comment June 18, 2009
अझैं टुङ्गएिन ‘कठपुतली’ सरकार गठनको खेल
गठन प्रक्रियासँगै विघटनको बाटो समातेको माधव नेपाल नेतृत्वको गठबन्धन सरकारले पर्ूण्ा आकार ग्रहण गर्न सकेको छैन । उसो त शनिबारमात्र नेताहरु भीम रावल, शंकर पोख्रेल, रविन्द्र श्रेष्ठ र रघुविर महासेठ वा रकम चेम्जोङ्गको नाम र्सार्वजनिक भएपनि पार्टर्ीी आधिकारिक घोषणा गरिसकेको छैन । प्रधानमन्त्री माधव नेपालले शपथ खाएको तीन हप्ता बितिसक्दा पनि सरकारले न पर्ूण्ाता पाएको छ न त भएका मन्त्रीहरुले नै मन्त्रालय पाएका छन् । शनिबार एमाले र काँग्रेसले मन्त्रालयको विषयमा सहमति भएको जनाएका छन् । जसअनुसार एमालेले अर्थ, रक्षा, गृह, शान्ति तथा पुनर्निमाण, सञ्चार र सामान्य प्रशासन मन्त्रालय र काँग्रेसले परराष्ट्र, स्वास्थ्य, जलसं्रोत, स्थानीय विकास, कानून र श्रम तथा यातायात मन्त्रालय लिने निर्ण्र्ााभएको बताइएको छ ।
सत्तारुढ दलहरुबीच सरकार गठनमै किचलो भइरहदा शनिबार नै एमाले नेता केपी ओली स्वास्थ्यको कारण देखाउँदै भारततिर दौडिएका छन् । भारत जानुअघि काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, राप्रपा अध्यक्ष र्सर्ूयबहादुर थापालगायतका नेताहरुलाई भेटेका ओलीले भारतबाट फर्केपछि के सन्देश ल्याउँछन् त्यसले नै नेपाल नेतृत्वको गठबन्धन सरकारले पर्ूण्ाता पाउने नपाउने भन्ने सवाल स्पष्ट हुने विश्लेषकहरुले बताउन थालिसकेका छन् । उसो त यसअघि स्वास्थ्यकै कारण देखाउँदै भारत पुगेका एमाले नेता ओली र काँग्रेस सभापति कोइरालाले स्वदेश फर्किएलगत्तै प्रचण्ड सरकारलाई ढलाएका थिए ।
कर्ुर्सर्ीी लागि बनेको सत्ता समीकरणमा सामेल गच्छेदारले आप\mनो स्वार्थमा अलिकति पनि धक्का लाग्नेबित्तिकै सरकारको र्समर्थन छोड्न पर्दैनन् । यो स्थितिमा गच्छेदारलाई नरिझाएर नेपालले सुखै पाउने छैनन् । यसअघि पार्टर्ीी सिफारिस नै नगरेको व्यक्तिलाई उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री माधव नेपालले असंवैधानिक र षड्यन्त्रकारी कार्य गरेको भन्दै फोरम संस्थापन पक्षले सरकारको र्समर्थन फिर्ता गरिसकेको छ ।उता पार्टर्ीीट आधिकारिक पत्र नै नलिई सरकारको उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छेदार नेतृत्वको फोरम समूहले काँगे्रस र एमालेले छानेर फालेका मन्त्रालयहरु दिए सरकारमा सामेल नहुने चेतावनी दिएको छ ।
उता मन्त्रीहरुको चयन प्रक्रियासँगै असन्तुष्ट बनेका काँग्रेस उप-सभापति रामचन्द्र पौडेलले संसदीय दलको नेता चुन्नका लागि गर्ने भनिएको निर्वाचन स्थगित गरिएकोमा घोर आपत्ति प्रकट गरेका छन् । काँग्रेस नेतृ शैलजा आचार्यको निधन भएको कारण देखाउँदै पार्टर्ीी संसदीय दलको नेता चुन्ने निर्वाचन स्थगित गरेको थियो ।
सरकार गठनको प्रक्रिया पूरा नहुँदै पर्ूववर्ती माओवादी नेतृत्वको सरकारले गरेका निर्ण्र्ाारु उल्ट्याउन शुरु गरेको नेपाल नेतृत्वको सरकार विदेशीहरुको इशारामा चलेको कहीकतै पनि नछिपेको र यसले अन्ततः राष्ट्रघाती र जनघाती निर्ण्र्ाारु गर्दै देशलाई नै विदेशीहरुको पाऊमा सुम्पिन पछि नपर्ने विश्लेषकहरुले बताउन थालेका छन् । भारतीय राजदूत राकेश सुदको तीव्र दौडधुपसँगै बनेको नेपाल नेतृत्वको सरकार गठन हुँदै गर्दा सीमा क्षेत्रमा भारतीय ज्यादती, अतिक्रमण र हस्तक्षेप तीव्र बनेको छ । तर, सरकारले वैदेशिक हस्तक्षेपका विरुद्धमा कदम चाल्नुको साटो सरकारका मन्त्रीहरु नै भारतीय दुतकै भाषामा सीमा क्षेत्रमा केही नभएको भन्दै बोलिरहेका छन् । यी संकेतहरुले पनि विदेशीहरुले राष्ट्रियतामाथि गरेको हमला र त्यसप्रति पूरै उदासिन र मौन बनेको वर्तमान ‘कठपुतली’ सरकारले देशलाई विदेशीहरुको पोल्टामा सुम्पिन थालेको स्पष्ट हुन्छ ।
Add comment June 14, 2009
नालायक राजनीतिक नेतृत्वका कारण भारतद्वारा नेपाली भूमि अतिक्रमित
-
भारतलाई लेवी बुझाउन नेपाली बाध्य
-
भारतीय व्यवहार असैह्य : माओवादी
-
भारतीय दूतावास र सरकारको एउटै वक्तव्य
-
किन गर्दैछ भारतले सीमा अतिक्रमण
-
भारतको लेवी बुझ्ने नेताहरु मौन
काठमाडौं/ नेपालमा राजनीतिक अस्थिरता भएको मौका छोपेर भारतले नेपालको सीमाक्षेत्र ओगटेको छ। भारतले दाङको दक्षिणी इलाकाको ४ गाविसका २२ गाउँबाट करिव एक हजार परिवारलाई विस्थापित गराएको छ। केही दिन अघि भारतीय सीमा सुरक्षाबल एसएसबीले ति गाउँमा प्रवेश गरि गाउँलेहरूलाई कुटपिट गर्ने, चेलीबेटीलाई अपहरण र बलात्कार गर्ने गरेका छन्। भारतको प्रत्यक्ष निर्देशनमा भारतीय सीमा सुरक्षा बल एसएसबीले यस्तो ताण्डव नृत्य देखाउँदा पनि वर्तमान भारतकै निर्देशनमा बनेको कठपुतली सरकार मौन रहेको छ। दाङबाट करिव ६ हजार गाउँलेहरू भागेर ज्यान जोगाउन अर्को गाउँमा गइरहेको अवस्थामा वर्तमान कठपुतली सरकारका मन्त्री र नालायक प्रशासकहरू भारतीय राजदूत राकेश सुदले जे भन्यो र जे विज्ञप्ति प्रकाशित गर्यो त्यही भन्दै हिँडिरहेका छन्। हुन त उनीहरूले पनि नुनको सोझो गरेका हुन् त्यो उनीहरूको आफ्नो लागि राम्रै होला तर त्यो नेपाल र नेपाली जनतामाथि ठूलो घात हो।
भारतको प्रत्यक्ष निर्देशनमा प्रधानमन्त्री बनेका माधवकुमार नेपालले यो समाचार एक कानले सुनेर अर्को कानले उडाउने गरेका छन् भने आफ्ना बाबु गिरिजाप्रसाद कोइरालाको आशिर्वादमा परराष्ट्रमन्त्री भएकी सुजाता कोइरालाले भारतीय दूतावासमा तयार भएको विज्ञप्ति पढ्ने गरेकी छिन् भने त्यही विज्ञप्ति आफ्ना मातहतका निकायहरूमा सर्कुलर गर्ने गरेकी छिन्।
अहिले सरकारका ति प्रशासकहरूले परराष्ट्रमन्त्री कोइरालाकै निर्देशनमा सीमा नमिचिएको बताउँदै भारतीय राजदूतले प्रेषित गरेकै विज्ञप्ति प्रशारित गरेका छन्। विगत ३ वर्षमा भारतीय पक्षबाट बन्दुक दखेाउँदै अपहरण गरिएका १० जना युवती अझैसम्म बेपत्ता रहेका छन्। अहिले दाङलगायत सीमावर्ती क्षेत्रमा आफ्नै आँखा अगाडि नेपाली चेलीवेटी बलात्कृत हुँदा पनि उनका आफन्तहरू चुपचाप लागेर बस्नुपर्ने बाध्यता छ।
यता, भारतको निर्देशनमा बनेको कठपुतली सरकार भने अझै पनि कुर्सीको लुछाचुडीमा व्यस्त छ। सरकार गठनको ३ हप्ता भइसक्दा पनि वर्तमान एमाले गठबन्धनको सरकार कुर्सीको भागवण्डामै व्यसत छ। नेपालको सिमाना भारतले च्यापिसक्दा पनि र नेपाली जनतालाई भारतले विस्थापित गर्दा पनि सत्ताधारी दलहरूमौन बसेका छन्। पछिल्लो पटक दाङको राजापुर गाविस अन्तरगत सुनप्रर्थी, भैसाही, खङ्गा, बेलालगायतका नाकाबाट भारतीय पक्षले सीमा अतिक्रमण गर्दै सीमा स्तम्भ सार्ने काम गरेको छ। यस अघि पनि भारतले नेपालसँग जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाको ५४ ठाउँबाट ६० हजार हेक्टर अर्थात् झण्डै ९० हजार विघाहा भू–भाग भारतले हडपिसकेको छ। भारतले कालापानी, लिम्पियाधुरामा ३७८४० हेक्टर, सुस्तामा १४८६० हेक्टर, टनकपुरमा २२२ हेक्टर, लुना नदीमा १ किमी चोडाई, महलीसागरबाध, लक्ष्मणपुर बाँध, कोशी बाधदेखि भ्रष्टाचारीको पूर्वपश्चिम राजमार्गको १.५ किमि सडक, मेची नदी तटिय क्षेत्रको १६३० हेक्टर, शारदा बाधमा १४.८५ हेक्टर परासन प्यारातालमा ४५० हेक्टर, रसियावाल खुर्दलोटन बाध, केउलिया डन्डाफरेना बाध, लालबोझीमा ३०० हेक्टर नेपाली भू–भाग कब्जा जमाएको छ। भारतीय पक्षबाट लुकिछिपि सीमा स्तम्भ फ्याँकी वा सारी आफ्नो बस्ती बसाउने क्रम जारी छ। यसरी दैनिक भारतले सीमा स्तम्भ च्याप्दै नेपाली भूमि अतिक्रमण गर्दा पनि नालायक सरकार र प्रशासक चुप लागेर बसकेा छन्। आफ्ना चेलीबेटीमाथि बलात्कार, अत्याचार, जनतामाथि निमृम पीडा र आतंक मच्चाउने काम भारतीय सीमा सुरक्षाबल एसएसबी गर्दा पनि पनि नेपाली सुरक्षाकर्मी र प्रशासक सुनेको नसुने गरेर बस्ने गरेका छन्। भारतको प्रत्यक्ष लगानीमा नेपालमा राजनीति गर्दै आएका राजनीतिक दलहरूझनै यसमा बोल्ने कुरै भएन।
भारतले सीमा बोकेको विषयमा एकीकृत नेकपा माओवादीले ठूलो आँट गरेर सर्वदलीय बैठक डाक्यो तर भारतको भरणपोषणमा नेपालमा संचालित दलहरू भने उक्त बैठकमा भाग लिएनन्। यो कतिसम्म दुःखद र घृणित कुरा हो। नेपालको सीमा विदेशीले अतिक्रमण गर्दा र नेपाली चेलीलाई बलात्कार गरी पूरै गाउँलाई नै तहस नहस पारि विदेशीले कब्जा गर्दासम्म चुप लाग्ने राजनीतिक दलबाट नेपाली जनताले के आशा र अपेक्षा गर्ने। कमसेकम राष्ट्रिय सहमतिको विषयमा त सबै दल सहमति भएर जानुपर्ने थियो तर त्यो सम्भव भएन। नेपालको सर्वाङ्गिण विकासको विरोधी भारत सरकारले सधैँ नेपाल आफ्नै अधिनमा राख्न चाहेको देखिन्छ। उसले नेपालका राजनीतिक नेतृत्वदेखि प्रशासक समेत सबैलाई आफ्नो प्रभावमा पारि आफ्नो निहित स्वार्थहरू पूरा गनेृ गरेको छ।
भारतले वर्षौदेखि नेपालको सीमाक्षेत्र हडप्ने लगायतका कार्य गरे पनि नेपालका कुनै पनि ठूला राजनीतिक दलले कुर्सीको लोभले त्यसको विरोध गर्न सकेका छैनन्। हुन त नेपालको सरकार भारतकै अधिनमा छ भन्ने कुरा वर्तमान सरकार गठनबाट पनि प्रमाणित भइसकेको छ। वर्तमान सरकारमा भारतकै आशिर्वादबाट दुई–दुई ठाउँबाट निर्वाचनमा पराजित भएका माधव नेपाल प्रधानमन्त्री भएका छन्। अब उनीबाटै भारतको ज्यादति विरुद्ध के कार्य होला? त्यो सोचनीय कुरा छ। भारतीय सीमावल एसएसबीले दैनिक नेपालीहरूमाथि कुटपिट, नेपाली चेलीमाथि बलात्कार गर्ने गरेको समाचार प्रकाशित हुन्छ तर त्यसमा न सरकारी निकायले वास्ता गर्छ न सुरक्षाकर्मीले नै। सीमामा तैनाथ सुरक्षाकर्मी र प्रशासकहरू नेपाल र भारत दुवै ठाउँबाट तलव खाने पनि स्थानीयबासीहरूले दावी गर्छन्। त्यही भएर उनीहरूले बलात्कार, हत्या, हिंसामा पनि भारतीय पक्षलाइ कारवाही नगर्ने गरेको उनीहरूको दावी छ। सीमाका नेपालीबासीहरू सधैँ उनीहरूको डर र त्रासमा बसिरहेका छन्।
अहिले पछिल्लो समयमा सीमावर्ती सबै नाकाहरूमा एसएसबीले नेपालको भु–भाग डेढ मिटर खाल्टो खनेका छन्। उनीहरूले जुनै पनि हालतमा सीमामा बस्ने नेपालीहरूलाई दुःख दिई त्यहाँबाट लखेट्ने र त्यो भु–भाग आफूले कब्जा गर्ने गरेका छन्। अझै कतिपय सीमाको एलानी जमिनमा बसोबास गर्दै आएका सीमावासी नेपालीहरूले भारत सरकारलाई जवरजस्ती कर तिर्दै आएका छन्। सीमाक्षेत्रका सुनपथरी, गम्भीरर, अडवरुवा, वैरवा, गन्धैलालगायतका नाकाहरूमा भारतीय वनका कर्मचारीहरूले प्रति महिना २० देखि ५० रुपैयाँ कर उठाइरहेका छन्।
Add comment June 14, 2009
भारतमा लगी कुट्छन् नेपालीलाई !
भारतीय सीमा सुरक्षाबल -एसएसबी)का जवानले एक नेपाली युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । भारतीय प्रहरीले बर्दियाको गुलरिया नगरपालिका-१२ टेपरीनिवासी प्रकाश मगरलाई नेपाली भूभागबाट लगेर कुटपिट गरेको पीडितले बताएका छन् ।
भारतीय प्रहरीको कुटाइबाट मगर गम्भीर घाइते भएका छन् । सीमावर्ती क्षेत्रमा बस्ने नेपाली चेलीबेटीमाथि अभद्र व्यवहार गर्न खोज्ने एसएसबीका जवानको प्रतिकार गर्ने प्रकाश मगर कुटिएको बर्दिया नागरिक समाजका संयोजक बालकृष्ण ओलीले बताउनुभएको छ ।
सो क्षेत्रमा हतियारसहित नेपाली भूमिमा भारतीय सीमा सुरक्षाबलका जवानहरू घुमफिर गर्ने गरेको ओलीले बताउनुभयो ।
सोही घटनाको विषयमा टेपरी गाउँ पुग्नुभएका प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीसमक्ष उक्त गाउँका बासिन्दाले आफूमाथि भारतीय पक्षबाट भएको अत्याचारको जानकारी गराएको बताउनुभयो । गाउँलेले तत्काल सो क्षेत्रमा एउटा प्रहरीचौकी र स्वास्थ्यचौकीको समेत माग गरेको प्रजिअ कार्कीले बताउनुभयो ।
एसएसबीका जवानहरूबाट पीडित गाउँलेका अनुसार यस गाउँमा आई यहाँका स्थानीयवासीलाई भारतमा लगी कुट्छन् । कुटाइ खाने मान्छेको सङ्ख्या दिनहुँ बढ्दो रहेको स्थानीयवासी बाबुराम थारू बताउनुहुन्छ ।
“अझ यस गाउँका गाउँलेलाई त एक किलो चिनी पनि भारतबाट लिएर आउन दिँदैनन्”, जमुनी गाविस दीपज्योतिका शिक्षक प्रशान्तकुमार विकले बताउनुभयो ।
तर तस्करहरूका ट्रकका ट्रक सिमेन्ट र मल भने पैसा लिएर नेपाल पठाउने काम गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।
सीमावर्ती क्षेत्रमा नेपाली पक्षको सुरक्षा निकायको उपस्थिति न्यून हुँदा पनि भारतीयहरूको अत्याचार बढेको समाजसेवी बाबुराम पन्थीले बताउनुभयो ।
1 comment June 9, 2009
विद्याको पत्र मदनलाई
स्व्र्ँर्ग्ँब्ँँसी स्वामी मदन,
पातलको सिंहदरबार बाट प्रणाम ।
हजुरको र्स्वर्गको यात्रा गरे देखि नै पत्र लेख्ने कोशिस गर्दै थिए““““ तर अकस्मात रत्नपार्कमा जनकल्याण चिट्ठा परेझै यस पातल को काठाण्डौ नगरीबाट सांसद हुने सौभाग्य मेरो सेतो सारीले जुराइदिदां मेरो प्रयास अधुरो रहन गयो । अहिलेको जस्तो मोबाइल फोन र इन्टरनेट भएको भए म हजुरलाई मिसकल दिन्थे अथवा अफलाईन मेसेज भएपनि पक्कै छाड्थे तर म अहिले सम्म पत्र लेख्ने साइत कर्ुन बाध्य भए“ ।
हजुरको र्स्वर्गबासले मैले पनि सामाजिक परम्परा धान्न र लोकको साहानुभुति लिन सेतो सारी लगाउदै आसु बर्बरी झारेको देखेर निसा उसाको अवस्था देखी दया जगाई काठमाण्डौ बासी नरनारीले हजुरको ठाउ“मा मलाई सांसद बनाएको समचार त ढिलै भएपनि मनमोहन बुढाले दिए होलान् । सांसद भएपछि मनलाई बुझाउने कोशीस गरें । सावा“ हराएपनि हजुरको नाम र कामको ब्याज स्वरुप पाएको सांसद पदको भत्ताले सोकलाई शत्तिमा बदल्दै लगें । मलाई थाहा थियो हजुर एक निडर अन्तराष्ट्रिय वादि नेता हुनुहुन्थ्यो त्यसैले हजुरको सपना साकार पार्न नेपालको नदिलाई अन्तराष्ट्रियकरण गर्ने के. पी. – माधव कमरेड को अभियनलाई साथ दिदैं माहाकाली सन्धि अनुमोदन गर्न ल्याप्चे धस्काइदिए“ । मलाई विस्वास छ मेरो त्यो कदम कम्यूनिस्ट पाटिको अन्तराष्ट्रिय वादि सोचको उत्कृष्ट नमुना बनीरहने छ ।
हजुर त सांसद पनि धेरै समय हुन पाउनु भएन पाटि नेता हुनुभन्दा त सांसद र मन्त्री हुन कति आन्नद हुुदो रहेछ । हजुर र्स्वर्गबास भएपछि पनि मैले सुत्केरी भत्ता पचाएको हल्ला पनि सुन्नु भयो – तर त्यो हल्ला थिएन । सांसद हुदा त पुरुषले पनि सुत्केरी भत्ता खा“दा रहेछन् । पाठेघर नहुनेले त खाए भने मत श्रीमान् मात्र नभएको होनी भन्ठानेर अघाउन्जेल त्यस्ता भत्ता – सत्ता हर्सर्ुन थालें ।
हजुरत लौरो जस्तो सोझो तर के.पी., माधव , प्रदिप र्रर् इस्वर कमरेड त कागको पनि फुल चोर्ने कोइली चरी जस्ता रहेछन् । माधव कमरेडले भन्नु भएको हजुर त भारतको, अमेरीकाको र राजतन्त्रको बिरोध गर्दा र्स्वर्गमा सरुवा हुनु परेको रे, कागवाठो भए गु खान्छ, वा“दर वाठो भए कुन्नी के च्यापीएर मर्छ नेता राष्ट्रवादि भए माथी पुग्छ भनेर उहा“हरु गुड प|mाईडेमा भनीरहनु हुन्छ । जहुरको स्वर्ग्र्ाास भारत अमेरीका र दरवार संग जोरी खोज्न लाग्दा भएको बुझेपछि मलाई हजुर देखि कति रिस उठको थियो – म यो पत्रमा लेेख्नै सक्दिन । त्यस्तो गाह्रो काम त प्रचण्डेले गरी हाल्थ्यो नि, हजुरलाई किन खसखस – उ हामीले त माओवादीले लर्डाई लडेर राजतन्त्र मिल्काइदियो । अन्तमा यसो सिदा मिसाएको भरमा तर मारेर बसेका छौं । जे होस हजुरको जस्तो गल्ति म गदिैन । यो ऐस र मोजकोे महलमा जानी जानी कसरी आगो लगाउनु -
राजनितीमा षड्यन्त्र र छलकपटमा म पनि निपर्ुण्ा भै सकें । विश्वविद्यालयमा परिक्षा दिन पाए पि.एच.डि नै गर्ने भैसकेको छु । यो , सत्र वर्षो के.पी. कमरेडको सगंतले मलाई पारंणत नै बनाएको छ । मेरो पारंगतताको कदर गर्दै के.पी. कमरेडले वर्तमान कठपुतली र भोकतान्त्रिक गठवन्धन सरकारको रक्षा मन्त्री भएकी छु । यो मन्त्रालयको नाम र काम परिवर्तन गरी भक्ष मन्त्रालय बनाउने प्रण सपथ ग्रहणमा मनमनै गरेको छु ।
रक्षामन्त्रि भएपछि के.पी कमरेड र राकेश जी को गुन तुरुन्त तिर्न आठ जर्नेल साबको थमौति गर्दैछु । ति मध्येका एक जर्नेलले हाम्रो पल्लाघरको सपना लाई हजुरभाको ठाउ“मा पठाइदिएको रैछ, त्यो गुनको बदला तिरें । अनि कटुवाल जी को कार्वाहि फुकुवा गर्दै छु । उहां नभए के.पी कमरेडको चियर्स गर्ने कोही नहुने भयो त्यसैले उहां थमौतिमा पर्नु भयो । मैले ति जनमुत्ति सेना लाई पाखा लगाउने षड्यन्त्र गर्दै छु । जनमुत्ति सेना राष्ट्रिय सेनामा समायोजन भएपछि म जस्तोको घर न घाट पार्छन । यीनिहरु सीमानाको माया“ गर्छन अनि त राकेश जीको चित्त दुख्छ । हाम्रो पाटीको बेबी किगंको अवधारणा सदाको लागि अन्त हुन्छ । यस्ता अपराधिलाई कसरी राष्ट्रिय सेनामा समायोजन गर्नु -
प्रिय मदन, अब अर्को पत्र कहिले लेख्छु थाहा छैन । मन्त्रि भाको छु दश, बिस देशको फन्को नलगाए बाबुरामले जम्मा पारेको रकम बाकी रहन्छ । सुनेको छु यूरोप र अमेरीकामा चिठी पत्र भन्दा इन्टरनेट चल्छ रे । मैले पनि एउटा इमेल आइडी खोलेकी छु । के.पी. कमरेडले घरमै आएर कर गरेपछि खोलेकी हुं । च्याटि· गर्ने भए मेरो आइडि bidhyadarling@khuraphati.com मा एड गनुै होला अन्तमा राष्ट्रिय र अन्तराष्ट्रिय कमरेडहरु माधव, के.पीर्,र् इश्वर, प्रदिप, जुलीयाचांग, के.भी राजन, राकेश लगाएत सबै पातलबासी खलनायकहरुको तर्फाट अभिवादन ।
उहि हजुरको पातलकी अर्धागिंनी
विद्या
रक्ष्ँा मन्त्रालय
जंगी अड्डा महासाखा
२०६६, जेष्ठ २४
सर्ूदर्शन न्यौपाने
इचंगुनारायण ९, काठमाण्डौ -लेखक
Add comment June 8, 2009
युवाहरुको संयुक्त प्रेस विज्ञप्ती
विषय ः संयुक्त प्रेस विज्ञप्ती
योङ्ग कम्युनिष्ट लीग, नेपालको केन्द्रीय कार्यालय डिल्लीबजारमा मिति २०६६ जेष्ठ २४ गते संयुक्त युवाहरुको बैठक बसेको छ । विगत इतिहास देखि नै पटक पटक नेपाली राष्ट्रियता र नेपाली स्वाभिमान माथि भारतद्वारा सिमा अतिक्रमण हुँदै आएको छ । यसले कतिपय सवालहरुमा नेपालको स्वतन्त्र अस्थित्वलाई समेत चुनौती दिदै आएको छ । विगत केही दिन देखि बारा दाङ लगायतका ठाउँमा भएको सिमा अतिक्रमणले हाम्रो गम्भीर ध्यानाकर्षा गराएको छ । दाङमा भारतको सिमासुरक्षा बल SSB र अन्य सशस्त्र समुहहरुले नेपाली नागरिकहरु माथिको दर्ुर्व्यवहार, थुनछेक, कुटपिट, अपहरण, बलात्कार तथा आफ्नो वर्षौ देखिको बसोबासलाई छोडेर विस्थापित बनेर जंगलमा बस्नु पर्दाको खबरले हामीहरुलाई स्तब्ध र मर्माहित तुल्याएको छ । तर्सथ यस्तो क्रियाकलापको हामी जोडदार विरोध र भर्त्सना गर्दछौं । र यस्तो क्रियाकलाप अविलम्व रोक्न भारत सरकारसँग अनुरोध गर्दछौं । दाङ, बारा, सुस्ता लगायत देशैभरिकै सिमा समस्या बैज्ञानिक तवरबाट समाधान गर्न राजनैतिक र कुटनैतिक पहलकदमी चाली सिमा समस्याको दिर्घकालिन समाधान सहित गुमेको नेपाली भू-भाग फिर्ता गर्न र राष्ट्र र राष्ट्रियता र र्सार्वभौम स्वतन्त्र नेपालको निम्ति कुनै पनि बैदेशिक छिचोमिचोका विरूद्ध दृढ रहन सरकारसँग माग गर्दछौं । विस्तापित र पिडीतहरुको दुःखमा गम्भीर बनेर उनको अधिकार संरक्षणमा सहयोग गर्न सबै राजनैतिक दल, नागरिक समाज, मानवअधिकारवादी, पत्रकार लगायत सबै तहतप्कामा हार्दिक अनुरोध गर्दछौं । विस्थापित र पिडीतहरुलाई उचित क्षतिपर्ूर्ति र पर्ूनस्थापना शान्ति सु-व्यवस्था मिलाई दाङ र बाराको सिमा अतिक्रमणको तथ्यसत्य र्सार्वजनिक गर्न संवन्धितपक्ष सँग माग गर्दछौं । ……………
गणेशमान पुन संयोजक
योङ्ग कम्युनिष्ट लीग, नेपाल,
…………………..
अजम्बर र्राई काममाङ्
अध्यक्ष
प्ररायुसंघ,नेपाल
……………..
समसुल हक
उपाध्यक्ष मधेसी युवाफोरम नेपाल
………………..
हरिवंश मैनाली
महासचिव
प्रगतिशिल युवा संघ, नेपाल
……………..
उदय र्राई
अध्यक्ष
नेपाल युवा कम्युनिष्ट संघ -एकीकृत)
……………………………
पर्ूण्ामान शाक्य
अध्यक्ष नेपाल राष्ट्रिय युवा फेड्रेशन
Add comment June 7, 2009
आवश्यक परे अर्को युद्ध लड्ने चेतावनी
पर्ूव अर्थमन्त्री एवं एकिकृत ने क पा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराइले आवश्यक परे अर्को युद्ध लड्ने चेतावनी दिनुभएको छ ।
बेपत्ता परिवार समाजले तयार पारेको “नसुनिएका आवाज” नामक डकुमेन्ट्री पर््रदर्शनीे उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै डा. भट्टर्राईले नागरिक सर्वोच्चता र राष्ट्रियताको रक्षा गरी देशलाई स्वाधीन बनाउन आवश्यक परे नयाँ युद्ध लड्न तयार रहेको बताउनुभयो ।
उहाँले वामपन्थी भनिएका पार्टर्ीीले षड्यन्त्र गरी अपवित्र साँठगाँठ गरेपछि देशी विदेशी षडयन्त्रका कारण आफूहरु सरकारबाट पछाडि हट्नु परेको बताउनुभयो ।
आफूहरुले ठीक ठाउँमा प्रहार गरेको भएपनि देशी विदेशी प्रतिक्रियावादीहरु एक भएपछि ताकत नपुगेको बताउँदै डा. भट्टर्राईले भन्नुभयो, “हामीले सोझो औंलाले घिउ झिक्न खोज्दा असफल भइयो, अब औंला बङ्ग्याउन पनि तयार छौं ।”
डा. भट्टर्राईले नागरिक हत्यारा तथा बेपत्ता पार्नेहरुलाई कारवाहीका लागि कदम चालेपछि उनीहरुले सरकार ढाल्ने योजना बनाएको बताउनुभयो ।
नागरिक हत्यारा तथा बेपत्ता पार्नेहरुलाई कुनै पनि हालतमा नछाडिने स्पष्ट पार्दै उहाँले अहिले पछि हटेको जस्तो देखिएपनि माओवादीले दोषीहरुमाथी कारवाही गरी छाड्ने बताउनुभयो ।
Add comment June 6, 2009
माओबादीमा प्रवेश गर्नेहरुको लहर
माओबादी सरकारलाई विस्थापित गर्दैे नेकपा एमालेले सरकारको नेतृत्व गर्दै अघि बढिरहेको भएपनि कार्यकर्तामा भने पार्टर्ीीरित्याग गर्ने क्रम बढिरहेेको छ ।
राष्ट्रपतिको असंवैधानिक कदमलाई वेवास्ता गर्दै सरकारको नेतृत्व सम्हाल्न पुगेेको एमालेका कार्यकर्तामा भने पार्टर्ीीेतृत्वको निर्ण्र्ाा्रति असन्तुष्ट हुदैं पार्टर्ीीाड्ने लहर नै चलेको छ ।
केन्दं्रीय स्तरका देखि लिएर क्षेत्रीय स्तर र जिल्ला स्तरका एमाले कार्यकर्ता धमाधम माओबादीमा प्रवेश गरिरहेको समाचारहरु बाहिर आइरहेकेा बेला आज राजधानीको गोंंगबुमा एमालेका गाँउ पार्टर्ीीतरका १ दर्जन नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका छन् ।
नेकपा एमाले परित्याग गरि माओबादीमा प्रवेश गर्नेहरुमा लिला साप्ाकोटा, दिनेश सिवाकोटी, सन्तोष थापा, कुमार चौलागार्ँइ, विष्णु ओली, बालकुष्ण पराजुली लगाएतका हुनुहुन्छ । यसरी व्रि्रोह गर्नेहरु सबै गाँउ पार्टर्ीीतरका नेता कार्यकर्ता भएको माओबादी गोंगबू इलाका अध्यक्ष हरिष खनालले जानकारी दिनुभयो ।
नवप्रवेशीहरुलाई आजै क्षेत्र नम्बर ६ का क्षत्रीय सचिव सुरेन्द्र रेग्मि र इलाका अध्यक्ष हरिष खनालले गोंगबुमा आयोजित एक कार्यक्रमका बीच स्वागत गर्नुभएको थियो ।
Add comment June 6, 2009


