प्रेस विज्ञप्ती
माओवादीले जारी गरेको बिज्ञप्तीको पूर्ण पाठ
मितिः २०६६/२/१९
प्रेश विज्ञप्ति
दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलाबास, पटौली, सिरिया, सुकौली, गुरुङ, भैसाही समेतका २० नाकाहरु र बाराको सीमावर्ती क्षेत्र झिटकैया, बड्की, फूवरीया, बसन्तपुर समेतका क्षेत्रहरुमा भारतीय सीमा सुरक्षाबल समेतले जनताको गाउँबस्तीमा आगो लगाउने, कुटपिट गर्ने, महिलामाथि निर्मम र पासविक बलात्कार गर्ने, सीमास्तम्भ सार्ने र नेपाली जनतालाई लखेटेर नेपाली भूभाग कब्जा गर्ने अभियान केही दिनदेखि तीब्र पार्दै लगेको कुरा सार्वजनिक भएको छ । भारतीय पक्षद्वारा सीमा क्षेत्रमा नेपाली जनतामाथि भएको निर्मम आक्रमण, नेपाली राष्ट्रिय सार्वभौमिकता माथिको अतिक्रमण र हस्तक्षेपको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।
भारतद्वारा नेपालको राष्ट्रिय अखण्डता प्रति खुला चुनौती दिंदै सीमास्तम्भ सार्ने, सीमा मिच्ने, सीमा क्षेत्रबाट नेपाली नागरिकलाई लखेट्ने र नेपाली भूमिलाई आˆनो देशमा मिलान गर्दै आएको छ । केही समय पहिले पूर्वी सीमावर्ती क्षेत्र पशुपति नगरमा सीमा अतिक्रमण भयो । व्यवस्थापिका-संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले त्यस क्षेत्रको अध्ययन गर्दा त्यस क्षेत्रका सीमास्तम्भ हराएको, नेपाली भूभाग अतिक्रमित भएको रिपोर्ट पेश गरेको छ । त्यस्तै नेपाली काँग्रेसका सभासद नविन्द्रराज जोशीको संयोजकत्वमा बाराको अतिक्रमित भूमिको अध्ययन गर्दा सयौं सीमास्तम्भ गायब गरिएको नोमेन्स लेण्ड समेत नेपाली भूमि भारतद्वारा अतिक्रमित गरिएको र नेपाली नागरिकलाई सीमा क्षेत्रबाट भारतीय अधिकारीले धपाएको रिपोर्ट सार्वजनिक भएको छ । सुस्ता, महेशपुर, कालापानी र लिनप्पाधुरा सम्बन्धी विवाद लामो समयदेखि कायमै छ । भारतको छिमेकी, साना र कमजोर राष्ट्र प्रतिको परम्परागत, सामन्ती, हेपाहा, विस्तारवादी नीतिका कारण सबै छिमेकी थिचोमिचोमा पर्दै आएका छन् ।
हाम्रो पार्टी सीमा क्षेत्रमा भएको भारतीय अतिक्रमणद्वारा उत्पन्न स्थितिको अविलम्ब अन्त्य गरी भारतद्वारा अतिक्रमित भूमि नेपाली जनतालाई फिर्ता गराउन र सीमा क्षेत्रमा शान्ति, सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउन जनप्रतिनिधि संस्था सार्वभौम संविधानसभाले आवश्यक पहल लिन अनुरोध गर्दछ ।
हाम्रो पार्टी भारतीय सुरक्षाबलद्वारा सीमा क्षेत्रमा गरिएको आक्रमण, सीमा अतिक्रमण र हस्तक्षेप अविलम्ब बन्द गर्न, अतिक्रमित भूमि अविलम्ब फिर्ता गरी सीमाक्षेत्रको शान्ति, सुव्यवस्था कायम गर्न र दुई देशका जनताको सम्बन्ध सुमधुर बनाउने बाताबरण सिर्जना गर्न भारत सरकारसंग जोडदार माग गर्दछ ।
नेपालमा नागरिक सरकारलाई अपदस्त गरी राष्ट्रिय आत्मसमर्पणवादीहरुको कठपुतली सरकार बनेपछि सीमा क्षेत्रबाट देशभक्त नेपाली जनता लखेटिन थालेका छन् । वर्तमान सरकारको बनोट र चरित्रले नेपाली माटोको रक्षा र नेपाली जनताको सुरक्षा संभव छैन । हालै सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको नाङ्गो अतिक्रमण र हस्तक्षेपको विरोध, सीमावर्तीक्षेत्रका जनताको सुरक्षा र नेपाली माटोको रक्षाका लागि सम्पूर्ण स्वाभिमानी, देशभक्त नेपाली जनता एक हुन हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।
(दीनानाथ शर्मा)
प्रवक्ता
एकिकृत ने.क.पा.(माओवादी)
जनप्रगतिशिल मञ्च युएईको प्रेस वक्तब्य
जुन ०३, २००९
दश बर्से जनयुध्दको पृष्ठ भुमिमा सम्पन्न ऐतिहासिक दोस्रो जनआन्दोलनले लोकतन्त्रको स्थापना गरी संबिधान सभा मार्फत २४० बर्ष पुरानो एकात्मक सामन्ती राजतन्त्र पतन भएर गणतन्त्र स्थापना भएको एक बर्ष नपुग्दै शिशु गणतन्त्र धरापमा मात्र परेकोछैन अपितु लोकतन्त्र र यसको सर्बमान्य बिशेषता नागरिक सर्बोच्चताको गला पनि रेटिएकोछ। शान्ती प्रक्रियालाई तार्किक निस्कर्समा पुराइ जनताको चाहना अनुसारको संबिधान बनाउने मुख्य कामलाई ओझेलमा पार्न र तत्कालिन एकिक्रित नेकपा माओवादीको नेत्रित्वमा बनेको सरकारले ल्याएको जनपक्षिय कामहरुबाट अत्तालिएर आफ्नो गुमेको लूटको स्वर्ग कहिल्लै फर्किएर नआउलाकी भनी कथित सम्सदिय पार्टीहरु फेरी एकपटक् जनबिरोधी मोर्चामा सामेल भएर बिगतको सम्सदिय कालमा गरिएको सरकार ढाल्ने र बनाउने कार्यमा सुरा सुन्दरी र साँसद खरिद बिक्रिलाई निरन्तरता दिएकाछन। आफुलाई समर्थन गर्न पूर्ण रुपमा तयार नभएका पार्टीहरुमाथी फुटाउ र राज गरको निती अख्तियार गरी साम र दामको प्रयोग हुन थालेकोछ । यसको पछील्लो उदाहरण मधेसी जनाधिकार फोरम भित्रको चलखेलहो।
गत संबिधान सभाको निर्वाचनमा दुई दुई ठाउबाट लज्जास्पद तरिकाले पराजित भई जनबिश्वास गुमाएको प्रमाणित भएका ब्यक्ती माधव कुमार नेपाललाई देसी बिदेसी शक्तिकेन्द्रको ग्राइन्ड डिजाइनमा नागरिक सर्बोच्चताको घांटी रेटेर सैनिक सर्बोच्चताको बलमा नागरिकको सर्बोच्च पदमा पुराउनु राष्ट्रियता र लोकतन्त्र माथिकै छलकपट र अपमानहो। यो कठपुतली सरकारले भारतीय बिस्तारबादद्वारा हालैका दिनहरुमा आफ्नै भुमिबाट लखेटिएर नेपाली नागरिकहरु घरबार बिहिन हुँदा नतमस्तक भएर हेर्नु सरकार प्रमुख लेण्डुप दोर्जे बन्न खोजेको स्पस्टछ। बिभिन्न सञ्चार माध्यममा माधव नेपालको राष्ट्रियता बारे टिका टिप्पणी आइरहदा उनको यो रबैयाले ति समाचारलाई पूस्टि गर्न थप बल मिलेकोछ र सिंगो राष्ट्रियतानै खतरामा परेकोछ। त्यस्तै जनचाहना बिपरित र गैर लोकतान्त्रिक तरिकाले बनेको सरकारले पूर्णता नपाउदै उनिहरु आफै संलग्न रहेको अघिल्लो सरकारले गरेका हरेक जनपक्षिय निर्णयहरु बदर् गर्नु अप्रजातान्त्रिक त होनै सिधा मुठभेडमा निम्ताउदै चुनौती दिनु पनि हो। जसले नेपाली जनताको शान्ती प्रतिको चाहनालाई फेरी एकपटक कुठाराघात गरेकोछ। बिधी संगत तरिकाले ब्यबस्थापिका संसदमा सबभन्दा ठुलो दलले ल्याएको संकल्प प्रस्ताब माथि छलफल नगरिनु फेरी युध्दमा फर्काउने कुटिल चाल हो र बैधानिक उपायहरुको ढोका बन्द गरिनु पनि हो। राजतन्त्रको बिरासत नारायणहिटिमा अघिल्लो सरकारद्वारा बनाउन लागिएको गणतन्त्र स्तम्भ अन्यत्रै सारीनु तिम्रो दरबार भोलिको लागि सुरक्षित छ भनेर ज्ञानेन्द्रलाई रिझाउने र बेबी किङ जन्माउने कथित संसदबादी दलहरु र राजाबादीहरुको योजना रहेको स्पस्टछ। त्यस्तै अघिल्लो सरकारले आफ्नो आदेश अबज्ञा गरेर पटक पटक सरकारलाई चुनौती दिदै आएका ज्ञानेन्द्रका सेबक कटुवाललाई कारबाही गरेको निर्णय बदर गर्दै उसलाई मुसररफ बनाउने अर्को षड्यन्त्र पनि गरिदैछ। संस्क्रिति तथा राज्य पुनरसमरचना मन्त्रालय खारेज गर्नु जनताको चाहना भाबना र मर्म माथिको अर्को प्रहारहो। शान्ती प्रक्रियाको मुख्य पाटो सेना समायोजन हुन नदिन बिस्त्रित शान्ती सम्झौता बिपरित समायोजन हुन हुनु हुँदैन भनेर कटुवालको बोलिमा लोली मिलाउदै आएको नेपाली काङ्रेसलाई बिशेष समितिको नेत्रित्व दिन तैयारी गरिनु सेना समायोजन हुँदैन भन्ने रक्षा मन्त्रिको अभिब्यक्तीले समस्त शान्ती प्रक्रियानै संकटमा परेकोछ भने संबिधान निर्माण कार्य अबरुध्द हुने निश्चित छ। नेपाली जन प्रगतिशिल मञ्च यू ए ई सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट कथित नयाँ गठबन्धन र बर्तमान सरकारको पछिल्लो रबैया प्रति घोर निन्दा र भर्त्सनासमेत गर्दछ।
सैनिक सर्वोच्चतामा बनेको एमाले नेतृत्वको बर्तमान कठपुतली सरकार सैनिक शासनतिर उन्मुख हुँदै गएको छ। मुलुकलाई सैनिकिकरण बाट जोगाउन र लुटिएको नागरिक सर्बोच्चता फिर्ता ल्याउनको लागि फेरी एक पटक आन्दोलनको आधी बेहरी सिर्जना गर्नु जरुरी भएकोछ। नेपालीहरुको गौरबमय क्रान्तिकारी छबीलाई अझ उचाइमा पुराउन र शान्ती प्रक्रियालाई तार्किक निस्कर्समा पुराइ समयमै संबिधान बनाउनको लागि स्वदेश र बिदेशमा रहेका सम्पूर्ण न्यायप्रेमी जन समुदायहरु, नागरिक समाज, बुध्दिजिबी, लोकतान्त्रिक गणतन्त्रबादी, प्रगतिशिल देसभक्त र राष्ट्रबादीहरुलाई लुटिएको नागरिक सर्बोच्चता फिर्ता ल्याउन र बर्तमान कठपुतली सरकार एबम यसको रबैया प्रती एकताबध्द भएर आन्दोलित हुन बिशेष अनुरोध गर्दछ।
क्रान्तिकारी अभिबादन सहित
दुर्गादत्त पोखरेल
अध्यक्ष
रमेश बेल्बासे
महासचिब
केन्द्रिय समिती

प्रधानसेनापति स्पष्टीकरणमा सरकारको कदम प्रति स्वागत गर्दै निकालिएको बिज्ञप्ति
पत्र संख्याः ०२७/०९ मितिः २७ अपि्रल, २००९
प्रेश बिज्ञप्ति
शताव्दियौं देखि सामन्ति राजतन्त्र र हुकुमी शाषनको पक्षपोषण गर्न वाध्य पारिएको नेपाली सेना लोकतन्त्र प्राप्ति पछि जनताको सच्चा सेवक वन्ने आशा सवैले राखेका थिए तर हालै सेनाको मर्यादा र जन निर्बाचित सरकारको आदेशलाई पटक×-पटक अबज्ञा गर्दै आफुलाई समानान्तर शक्ति केन्द्रको रुपमा प्रस्तुत गर्ने प्रधान सेनापति रुक्माङ्गत कटुवालले निरन्तर रुपमा राष्ट्रिय सेना र नेपाली जनताको मानमर्दन गरेका कारण निजसंग सरकारवाट सोधिएको स्पष्टीकरणले अझैपनि नेपाली जनताप्रति भन्दा सामन्ति राजतन्त्रप्रति वफादार रहदै आएका वर्गहरुम्ाा ठुलै भुईचालो आएको महशुश भएको छ । नागरिक शाषनको खिल्लि उडाउदै राष्ट्रिय सेनाको भुमिकालाई समेत वदनाम गराउने तथा जननिर्वाचित सरकारलाई अपदस्थ गरि सैन्य शाषन लागू गर्ने अभिप्रायवाट प्रेरित कटुवालको यस्तो हर्कतवाट निजले सेनाजस्तो मर्यादीत संगठनको नेतृत्व गरिरहनु अव अनुपयुक्त देखिन्छ । राज्यको ढुकुटीवाट जनताले तिरेको कर खाने सरकारी ओहोदाको जिम्मेवार व्यक्तिले नै यसरि जननिर्वाचित सरकारको मानमर्दन गर्नु लोकतान्त्रिक पद्धति र राष्ट्रिय हितका लागि खतरापुर्ण भएकोसमेत प्रष्टिन्छ । यसर्थ निजलाई सेनापति जस्तो मर्यादीत र जिम्मेवार पदको दुरुपयोग गरेकाले तत्काल सो पदवाट हटाउन जोडदार माग गर्दै हालै सरकारले चालेको सो कदमप्रति कतारमा रहेका तमाम शोषित पिडीत नेपालीहरुको एकमात्र धरोहर संगठन नेपाली जनप्रगतिशील मञ्च कतार हार्दिक स्वागत र ऐक्यवद्धता प्रकट गर्दछ ।
यसरि सिङ्गो देशको सुरक्षाको जिम्मेवारी बोकेको पबित्र संस्थाको जिम्मेवार व्यक्तिवाट नेपाली जनताको परिबर्तन देख्न नचाहने देशी बिदेशी कुत्सीत तत्वहरुको आडमा जारि शान्तिप्रक्रिया र अग्रागामी सामाजिक परिवर्तनमा समेत कुठाराघात पुग्ने गरी गरिएको यस्तो क्रियाकलापले जनमुखी संबिधान निर्माणको बर्तमान महान् दायित्वमा प्रत्यक्ष परोक्ष रुपमा बाधा पुग्नेमा कसैको दुइमत छैन । यसैले जारि शान्तिप्रक्रिया विथोलिन नदिन र यथासमयमा जनमुखी संविधान निर्माण गर्न सहयोग पुर्याउन तमाम नागरिक समाज, वुद्धिजिवी, लेखक, पत्रकार एवं सम्पुर्ण चेतनशील वर्ग र समुदायसंग हामी हार्दिक अनुरोध गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित ⁄
अध्यक्ष
जनार्दन गिरी
नेपाली जनप्रगतिशील मञ्च कतार
केन्दि्रय समिति
युथफोर्स लम्जुङ्ग द्धारा गरिएको आक्रमणको बिरुद्ध निकालिएको प्रेस बिज्ञप्ति
पत्रसंख्याः०१८/०९ मितिः १६ मार्च, २००९
पे्रस बिज्ञप्ति
यही २०६५ फागुन २७ गते ने.क.पा. एमालेको भरणपोषणमा संरक्षीत गुण्डाहरु गोबिन्द बस्नेत र बासु बरालको नेतृत्वमा अखिल नेपाल ट्रेड युनियन महासंघका लम्जुङ्ग जिल्ला संयोजक शम्भुलाल श्रेष्ठ, अखिल नेपाल शिक्षक संगठनका लम्जुङ्ग जिल्ला उपाध्यक्ष हरि दनाई, क्रान्तिकारी पत्रकार संघ लम्जुङ्गका संयोजक बासु थापा लगायतका अन्य संघ संगठनका नेता तथा कार्यकर्ता माथि भएको कायरतापूर्ण आक्रमणको हामी घोर भत्सर्ना गर्दछौं । “हरुवा गोरुको छेरुवा दाउ” मानसिकताबाट ग्रसित युथ फोर्सद्धारा योजनाबद्ध ढंगबाट गरीएको यस्ता प्रकारका जघन्य आक्रमणहरुले नयाा जनमुखी संबिधान निर्माण तथा शान्ति प्रतिको जन चाहाना माथि प्रत्यक्ष प्रभाब पार्नेमा सर्तक हुन हामी जिम्मेवार सबैमा अनुरोध गर्दछौं । घाइतेहरुमा सिघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता प्रकारको निन्दनीय कार्यमा संलग्नहरुलाई कडा भन्दा कडा कार्बाहीका लागि जोडदार माग गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित ⁄
अध्यक्ष
जनार्दन गिरी
नेपाली जनप्रगतिशील मञ्च, कतार
केन्दि्रय समिति
नेपाली जनप्रगतिशील मञ्च, कतारले गैरकानुनी रुपमा सरकारी कागजात प्रयोग गरी गरिएका ठगीको स-प्रमाण प्रकाउ गरेको प्रेस बिज्ञप्ति
पत्रसंख्याः०८/०९ मितिः ०९ फेब्रुअरी, २००९
प्रेस बिज्ञप्ति
कतारमा नेपाली समुदाय बिचमा नेपालीहरुबाटै हुने गरेका ठगी, दलाली तथा तस्करीहरुको समुल नियन्त्रणका लागि नेपाली दुताबासका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रज्यूको प्रतिबद्धता प्रति नेपाली जनप्रगतिशील मञ्च, कतारले घोषित ऐक्यबद्धता जाहेर गरेको यहााहरु सबैलाई सर्बबिधितै छ । नेपाली जनप्रगतिशील मञ्चले यस्ता प्रकारका क्रियाकलाप सम्बन्धी बिस्तृत छानबिन गर्नका लागि एक बिशेष टोली गठन गरी छानबिन कार्य तिब्ररुपमा अगाडी बढाइएको र जसअन्तरगत नेपाल सरकारले मात्र गर्न सक्ने कामहरु गैरकानुनी रुपमा हुदै आएको जानकारीका आधारमा नेपाल सरकारका अति संबेदनशील कागजात लगायतका सामाग्रीहरु रंगेहात बरामद गरी सुरक्षित राखिएको जानकारी गराउन चाहान्छौं । यस्ता कार्यहरुमा संलग्न ब्यक्तिहरुका नाम र बरामद गरिएका प्रमाणहरु निकट भबिष्यमा नेपाल सरकारको सम्बन्धित निकाय, संचार जगत लगायत आम जन समुदाय समक्ष सार्बजानिक गर्ने छौं । यस्ता गलत कार्यहरु बिरुद्धको हाम्रो अभियानमा स्वाभिमानी नेपालीहरुमा आबश्यक सहयोगका लागि हार्दिक अपेक्षा गर्दछौ ।
क्रान्तिकारी अभिवादन सहित
अध्यक्ष
जनार्दन गिरी
नेपाली जनप्रगतिशील मञ्च कतार
केन्दि्रय समिति
ठग दलाल तथा मानवतस्करहरुको ठगीको प्रमाण सहित निकालिएको नेपाली जनप्रगतिशील मञ्च कतारको विज्ञप्ती
प्रेस विज्ञप्ती
नेपाली जनप्रगतिशील मञ्च कतार स्थापनाको विगत डेढ बर्षेखि तमाम श्रमजीवि जनताको हितमा कार्यहरु गर्दै आइरहेको सम्पर्ुण्ा नेपालीहरुमा अबगत नै छ । अर्ढाई सय वर्षपुरानो सामन्ती सत्ताको चरम उत्पीडन र अत्याचारमा परेर विदेसिएका नेपालीहरुलाई झन् नेपालीहरुले नै ठग्ने र विचल्ली बनाएर घर न घाटको बनाउने गरेको स्थिती थियो र अझै पनि विद्यमान नै छ । कतारमा संगठित रुपमा मौलाउदै गएको ठगी दलाली र मानवतस्करीका निकृष्ट अपराधारिक क्रियाकलापहरुलाई एकहदसम्म मञ्चले रोक्न सफल भएको छ। यसै सिलसिलामा नेपाली जनप्रगतिशील मञ्च कतारले कतारमा रहेका श्रमजीवि मजदुरको अबस्थालाई विस्तृत अध्ययन गरि ४ नोभेम्बर २००८ को मितिमा “प्रवासी नेपालीहरुका समस्या सम्बन्धी प्रतिवेदन दोहा,कतार २०६५ ” नामक प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाएका थियौ । जसले कतारको मात्र नभई सिंगो खाडी र अन्य राष्ट्रका समस्याहरुलाई पनि समेटेकोमा हामी विश्वस्त छौ । प्रतिवेदनको अन्तिम खण्डको १७ नं.को बु“दा “एनआरएनए कतार च्याप्टरमा आवद्ध नेतृत्व तहका व्यक्तिहरु मानवतस्करी र ठगीमा संलग्न भएको प्रमाणित भएको छ, हामी एनआरएनए अर्न्तराष्ट्रिय समितिलाई गम्भीर हुन पनि सरकार मार्फत आग्रह गर्दछौं ।” लाई लिएर एनआरएनएसंग आबद्ध व्यक्तिहरुले हाम्रो संगठनमाथि धम्कीको शैलीमा निकृष्ट आरोप लगाएर समग्र प्रतिवेदनमा उठान भएका विषयबस्तुहरुलाई ओझेलमा पार्ने षड्यन्त्र गरिरहेका छन् । साथै ती व्यक्तिहरुले ठगी गरेको प्रमाणित गर्नर् दिएको चुनौतीलाई स्वीकार गर्दै समाजसेवीको खोल ओढेर श्रमजीविहरुलाई डस्ने विषालु र्सपहरुको काला कर्तुतहरुलाई तमाम जनसमुदायका सामु प्रमाण सहित पेश गर्न चाहन्छौ ।
नाम ः गैरआवासीय नेपाली संघ कतार च्याप्टरका अध्यक्ष्ँ कमलमणि गुरागाई
गरेको अपराध ः पिनाकल ओभरसिज इम्प्लाइमेन्ट र्सर्भिसेज बाट एउटाको पासपोर्टमा आएको अर्कै व्यक्तिलाई दुतावासलेे सेल्टर हाउसमा मे १५, २००८ विहिवारका दिन ल्याई नेपाल फिर्ताको लागि आबश्यक कदम चालिरहदा कमलमणि गुरागाईको प्रत्यक्ष निर्देशनमा कतार स्थित नेपाली दुतावासको बरिष्ठ अधिकृत तहका कर्मचारीको मिलेमतोमा मे १७, २००८ शनिबार विदाको दिन सेल्टर हाउसबाट निकालेर लगिएको र नियोग प्रमुखले बारम्बार फिर्ता ल्याउनको लागि आग्रह गर्दा पनि अझसम्म फिर्ता ल्याइएको छैन । जुन कामवाट एउटा नेपालीलाईमात्र ठगेको नभइ सिंगो देशको प्रतिनिधित्व गरेर बसेको दुतावासलाई समेत ठग्ने काम भएको छ । यो जस्तो निकृष्ट अपराध अरु कुनै हुन सक्छ -
बास्तविक नामः घुरन मण्डल
बुवाको नाम ः विन्दीलाल मण्डल
ठेगाना ः कर्चिया गाविस वडा नं ८, सप्तरी
पासपोर्टको नामः वीरे महतो
बुवाको नाम ः हितलाल महतो
ठेगाना ः महिनाथपुर गाविस वडा नं ७, र्सलाही
पासपोर्ट नं ः ३०९६८४०
भीसा नं. ः १६२००८००००७८
नामः टेक बहादुर कार्की (गैरआवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषदका कतार प्रतिनिधी)
गरेको अपराध ः The Wave General services East मा office Assitance को रुपमा ल्याएका बुढानिलकण्ठ चपलि विष्णु गा.वि.स.-३ का सुरेश लामिछानेलाई भने अनुसारको काम र तलब नदिएको । ज्यान मार्ने धम्की समेत दिएको र पा“च बर्षो लागि भीषा रद्ध गरि वक्यौता तलब समेत नदिइ २००८/०८/११ मा नेपाल फिर्ता पठाएको । सम्बन्धित व्यक्ति नेपाल फिर्ता भई क्षतिपर्ुर्तिको लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिए लगत्तै परराष्ट्र मन्त्रालयले आबश्यक कार्यवाहीको लागि कतार स्थित नेपाली दुतावासलाई सिफारिस गरेको जसमा नेपाली दुतावासले नीज टेक बहादुर कार्कीलाई बोलाई सत्य तथ्य जानाकारी लिनुका साथै क्षतिपर्ुर्ति दिलाई दिनको लागि आग्रह गर्दा उल्टै नियोग प्रमुखलाई अभद्र व्यवहार गरेको ।
त्यस्तै गरी सुकुम्बासी आयोगले बस्नको लागि ७ धुर जग्गा उपलब्ध गराएका निम्न आर्थिक अबस्था भएका व्यक्ति नवलपरासीका राजकुमार थारुलाई नीज टेक बहादुर कार्की उर्फटि.बी. कार्कीले २००७ नोभेम्बरमा मेसनको रुपमा मासिक कतारी रियाल ७५० मा एग्रिमेन्ट गरेर ७४,००० लिइ ल्याएको र यहँ“ आइसकेपछि कम्पनीको स्पष्ट ठेगाना नभएको, विभिन्न कम्पनीहरुमा डुलाएको, भनेअनुसारको काम, तलब तथा सुविधा उपलब्ध नगराएको र नेपाली दुतावासमा क्षतिपर्ुर्तिको लागि कार्वाही हुदै गर्दा बक्यौता तलब तथा केही पनि उपलब्ध नगर्राई मिति ३० मार्च २००८ मा नेपाल फिर्ता पठाएको ।
यो त प्रतिनिधि घटनामात्र हो, यस्ता धेरै उदाहरणहरु हामीसंग सुरक्षित छन्, जुन आवश्यकता अनुसार सप्रमाण पेश गर्न सकिन्छ । आङ्खना गल्ति कमजोरीहरुलाई ढाकछोप गर्ने प्रयास स्वरुप र्सार्वजानिक मञ्च पाउनासाथ श्रमजीवि वर्गको पक्षमा काम गर्नेहरुका विरुद्ध विभिन्न प्रोपोगण्डा सृजना गर्न लागिपर्ने आपराधिक गिरोहहरुलाई आफुले गरेको गल्तीको प्रायश्चित सहित र्सार्वजनिक रुपमा माफी माग्न यसै विज्ञप्ती मार्फ आग्रह गर्दछांै, साथै र्सार्वजनिक मिडियाहरुबाट गरेको प्रतिवद्धता अनुसार सम्बन्धित निकायलाई सात दिन भित्र कार्यान्वयन गरेर देखाउन पनि हामी दलाल प्रतिनिधिहरुलाई चुनौती दिन चाहन्छौ । अन्तमा, बाघको खोल ओढ्दैमा स्याल कहिल्यै पनि बाघ बन्न सक्दैन त्यसैले कतारमा रहेका सम्पर्ुण्ा संघसंस्थाहरुमा समाजसेवीको खोल ओढेर बसेका ठग दलाल तथा मानव तस्करहरुलाई नाङ्गेझार बनाएर वास्तबिक श्रमजीवि जनताको पक्षमा काम गर्नको लागि नेपाली जनप्रगतिशील मञ्च कतार सम्पर्ुण्ामा हार्दिक अनुरोध गर्दछ ।
क्रान्तिकारी अभिबादन सहित !
…………………………
मनाथ शर्मा
(का.बा. अध्यक्ष्ँ)
नेपाली जनप्रगतिशील मञ्च, कतार
केन्द्रिय समिति
……………………………..
हरि नेपाली
(महासचिव)
नेपाली जनप्रगतिशील मञ्च, कतार
केन्द्रिय समिति
नेपाली जनप्रगतिशील माच कतार
प्रेस विज्ञप्ती
पत्र संख्याः ०४५/०८
१५ डिसेम्बर २००८
सर्वहारा मुक्तिको सवालमा प्रतिवद्ध एकमात्र संस्था नेपाली जनप्रगतिशील माचले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुमाझ आफ्नो सामाजिक तथा जनहितकारी कार्यहरुका कारण सुपरिचित र अन्तर्राष्ट्रिय रुपमा स्थापित भईसकेको छ । शताब्दियौंदेखि विभिन्नरुपमा सामाजिक शोषण र उत्पीडन मच्चाउदै जनतालाई दवाएर राख्न सफल सामन्ति राजसंस्थाको अन्त्य भईसकेपनि नोकरशाही र ठगि दलालीका धन्दाहरु हामीमाझ अझैपनि विद्यमान नै रहेका कारण जनताले सदियौंदेखि भोग्दै आएका हैरानी र सास्तीहरु ज्युँ का त्युँ रहेका छन् । आर्थिक असमानता र चरम वेरोजगारिका कारण विदेशी श्रमवजारतर्फ आकर्षित हुनपुगेका सोझासिधा नेपालीहरुवाट ठुलो रकम असुल गरि अवैधरुपमा अर्को मुलुकमा पुर् याई अलपत्र पार्ने क्रम तमाम दलालवर्गका निमित्त नयाँ होईन तर यस्ता गिरोहका विरुद्ध माचले अन्तर्राष्ट्रिय रुपमा गर्दैआएका साहसिक कार्यहरुका कारण सामाजिक कार्यकर्ताको खोलभित्र अन्तर्राष्ट्रिय संजाल वनाएर अवैधरुपमा मानव तस्कर गर्ने दलालहरुको निँद हराम भएको छ । यसैको पछिल्लो उदाहरण हो – नेपाली जनप्रगतिशील माच युएई च्याप्टरले हालै गरेको अवैधरुपमा ईराक पठाउने गिरोहको सार्वजनिकिकरण । यस घटनावाट समाजसेवाको दुहाई दिएर नथाक्ने केहि सामाजिक कार्यकर्ताकॊ चरित्रको एउटा पाटो नराम्ररि उदांगिएकॊ छ । यो अत्यन्त सह्रानीय कार्यको कदरगर्दै यस्ता श्रमजिवि जनपक्षिय हरेक अभियानमा नेपाली जनप्रगतिशील माच कतार हार्दिक ऐक्यवद्धता व्यक्त गर्दछ ।
भर्खरै स्थापना भएर आफ्ना क्रान्तिकारी कार्यहरुको शुरुवात गर्दै आईरहेको माचको युएई च्याप्टरविरुद्ध यस्ता तत्वहरुले आफ्नो अस्तित्व रक्षाको लागि कतारमा जस्तै विभिन्न षडयन्त्रहरु गर्नसक्ने प्रवल संभावना भएकाले यसतफ ्रपनि पुर्ण सचेत रहदै ठग दलाल र मानवतस्कर विरुद्धको हरेक कदममा नेपाली जनप्रगतिशील माच कतार सदा सकि्रय भुमिका निर्वाहगदैै्र भावी दिनहरुमा पनि जस्तोसुकै सहयोगको लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गर्दछ ।
क्रान्तिकारी अभिबादन सहित !
…………………………
जनार्दन गिरी
अध्यक्ष
नेपाली जनप्रगतिशील माच कतार
केन्द्रिय समिति
Trackback this post | Subscribe to the comments via RSS Feed